जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तानमा भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा

अफगानिस्तानमा भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा

काठमाडौं संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्टुरेन्टमा भएको आक्रमणको कडा निन्दा गरेको छ । उक्त आक्रमणमा सर्वसाधारण नागरिकको ज्यान जानुका साथै थुप्रै घाइते भएका थिए ।

सुरक्षा परिषद्का सदस्यहरूले पछिल्लो समय आतङ्कवादी गतिविधिले अफगानिस्तान मात्र होइन, विश्वकै शान्ति र सुरक्षामा गम्भीर खतरा सिर्जना गरिरहेको उल्लेख गरेका छन् । उनीहरूले यस्ता निन्दनीय कार्यका योजनाकार, संलग्न व्यक्ति तथा प्रायोजकलाई जवाफदेही बनाउँदै न्यायको कठघरामा ल्याउँनुपर्नेमा जोड दिएका छन् ।

परिषद्ले सबै राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानुन र सम्बन्धित सुरक्षा परिषद्का प्रस्तावअनुसार आफ्ना दायित्व पूरा गर्दै सक्रिय सहयोग गर्न आग्रह गरेको छ ।

साथै, आतङ्कवादका कुनै पनि कार्य आपराधिक र अन्यायपूर्ण हुने स्पष्ट पार्दै संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र मानवीय कानुनविपरीत हुने यस्ता गतिविधिविरुद्ध एकजुट भएर लड्नुपर्ने आवश्यकता औंल्याएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका