जोडिनुहोस
  • होमपेज
  • महिला टी-२० विश्वकप छनोट : स्कटल्याण्डविरुद्ध नेपाल पहिले बलिङ गर्दै

महिला टी-२० विश्वकप छनोट : स्कटल्याण्डविरुद्ध नेपाल पहिले बलिङ गर्दै

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर स्कटल्याण्डलाई पहिले ब्याटिङको निम्तो दिएकी हुन् ।

आज हुने निर्णायक खेलमा नेपाल फराकिलो जित निकाल्दै सुपर सिक्समा पुग्ने सम्भावनालाई जीवित राख्न चाहन्छ । आजको खेलमा जित निकालेपनि नेपालले थाइल्याण्ड र नेदरल्यान्ड्स बीचको खेलको नतिजा पर्खिनुपर्नेछ ।

नेपालले स्कटल्याण्ड र नेदरल्यान्ड्सले थाइल्याण्डलाई हराएको खण्डमा नेपाल, स्कटल्याण्ड र थाइल्याण्डको समान चार/चार अंक हुनेछ । यस्तो अवस्थामा सबैभन्दा बढी नेट रनरेट हुने टोली सुपर सिक्समा पुग्नेछ ।

थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित नेपालले पछिल्लो खेलमा खेलमा जिम्बाबेमाथि जित निकालेको थियो ।

हाल नेपाल ३ खेलबाट २ अंक जोड्दै समूह ‘बी’को चौथो स्थानमा रहेको छ भने समान खेलबाट ४ अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका