जोडिनुहोस
  • होमपेज
  • १०औँ राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल ओकिनावा गोजु–रियु कराते संघका खेलाडी सफल

१०औँ राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल ओकिनावा गोजु–रियु कराते संघका खेलाडी सफल

नेपाल ओकिनावा गोजु–रियु कराते–डो संघका खेलाडीहरूले १०औँ राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागिता जनाउँदै पदक जित्न सफल भएका छन्। देशभरका विभिन्न कराते संघहरूको सहभागिता रहेको उक्त प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको हो।

प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथिका रूपमा माननीय खेलकुद मन्त्री रामचरित्र महतोको उपस्थिति रहेको थियो। कार्यक्रममा संघका प्रमुख प्रशिक्षक बलराम मित्रसहित नेपालभरका कराते संघका खेलाडी र प्रशिक्षकहरूको उल्लेख्य सहभागिता थियो।

प्रतियोगितामा नेपाल ओकिनावा गोजु–रियु कराते संघका खेलाडी हिमान्शी रानाले कुमिते तर्फ रजत पदक (सेकेन्ड मेडल) जित्न सफल भइन्। त्यसैगरी, अभि खतिवडाले कुमिते तर्फ कास्य पदक र काता तर्फ पनि कास्य पदक हात पार्न सफल भए।

यस्तै, यज्ञ प्रताप रानाले काता तर्फ कास्य पदक र कुमिते तर्फ पनि कास्य पदक जित्दै उत्कृष्ट प्रदर्शन गरे। खेलाडीहरूको यस सफलताले नेपाल ओकिनावा गोजु–रियु कराते संघको प्रशिक्षण र अनुशासनलाई प्रतिबिम्बित गरेको आयोजकले बताएका छन्।

संघले आगामी दिनमा अझ व्यवस्थित प्रशिक्षणमार्फत अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा पनि सहभागिता जनाउने लक्ष्य लिएको जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका