
काठमाडौं । पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारतसँगको खेल खेल्ने भएको छ ।
पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समार्फत मैत्रीपूर्ण देशहरूको अनुरोध र पछिल्लो सहमतिलाई ध्यानमा राख्दै टोलीलाई भारतसँगको खेल खेल्न अनुमति दिएको जनाएको छ ।
पाकिस्तान सरकारका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले प्रधानमन्त्री शहबाज शरीफलाई आईसीसी, बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र पीसीबीबीच भएको उच्चस्तरीय छलफलका निष्कर्षबारे जानकारी गराएका थिए ।
पाकिस्तानले फेब्रुअरी १५ मा कोलम्बोमा भारतविरुद्ध मैदान उत्रिदैछ ।


































