जोडिनुहोस
  • होमपेज
  • ३७ जना गैरसैनिकलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान

३७ जना गैरसैनिकलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान

काठमाडौँ । नेपाली सेनाको स्थापनाको २६३औँ वार्षिक उत्सवको अवसरमा सैनिक तथा गैरसैनिक व्यक्तिहरूलाई ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरिएको छ।

आइतबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलले गैरसैनिकतर्फ ३७ जनालाई प्रशंसा निशान प्रदान गरेका हुन्।

यस वर्ष ७ जना पत्रकारलाई प्रशंसा निशान तथा कदर पत्र प्रदान गरिएको छ। प्रशंसा निशानबाट सम्मानित हुने पत्रकारहरूमा सगरमाथा टेलिभिजनका समाचार प्रमुख गजेन्द्र बहादुर बस्नेत, रातोपाटी डटकमका राजेश भण्डारी, गोरखापत्र दैनिकका मित्रलाल भण्डारी, फरकधारका सन्तोष आचार्य तथा कान्तिपुरका विमल खतिवडा रहेका छन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, यस वर्ष बहालवाला सैनिकतर्फ ४ सय ९५ जनालाई प्रशंसा निशान प्रदान गरिएको छ। साथै अवकाश प्राप्त सैनिक ८ जना र अन्य सुरक्षा निकायका ६ जनालाई पनि सम्मान गरिएको छ।

सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक (डीआईजी) पुरुषोत्तम थापा सहित अन्य सुरक्षा निकायका अधिकृतहरूलाई पनि प्रधानसेनापतिले प्रशंसा निशान प्रदान गरेका छन्।

सुरक्षा तथा सामरिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका गैरसैनिक व्यक्तिहरूलाई सम्मान गरिएको निर्देशनालयले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका