
रौतहट सदरमुकाम गौरमा गत शुक्रबार दिउँसोदेखि जारी कर्फ्यु हटाइएको छ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सोमबार बिहान ६ बजेदेखि गौरमा लगाइएको कर्फ्यु हटाइएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार कर्फ्युको समय संशोधन गर्दै सोमबार बिहान ६ बजेबाट कर्फ्यु हटाइएको हो ।
कर्फ्यु हटाइएको समयमा धार्मिक, जातीय वा सामाजिक एकता भड्काउने कुनै पनि भेला, जुलुस तथा प्रदर्शन नगर्न प्रशासनले आग्रह गरेको छ ।
यसैगरी दुई समुदायबिच विगत चार दिनदेखि जारी द्वन्द्व समाप्तका लागि सद्भाव र्याली निकालिने तयारी गरिएको छ ।
नागरिक समाजको अगुवाइमा गौर नगरपालिकाको सबगढामा एकता र शान्तिका लागि दुवै समुदायका अगुवाहरू मिलेर सद्भाव र्याली निकालिने छ ।




































