
चौथो संस्करणको बिराट म्युजिक एण्ड फिल्म अवार्ड मा नेपाल चेम्बर अफ कमर्स अन्तर्गत आईटी तथा सफ्टवेयर निर्यात समितिका अध्यक्ष बिज्ञान श्रेष्ठ ‘विशिष्ट वाणिज्य सम्मान’बाट सम्मानित भएका छन्।
उक्त सम्मान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा ले प्रदान गरेका हुन्। सूचना प्रविधि, सफ्टवेयर निर्यात तथा व्यावसायिक नेतृत्वमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको कदरस्वरूप श्रेष्ठलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
श्रेष्ठ हाल नेपाल चेम्बर अफ कमर्स अन्तर्गत आईटी तथा सफ्टवेयर निर्यात समितिको अध्यक्षका रूपमा सक्रिय छन्। डिजिटल अर्थतन्त्र, नवप्रवर्तन र निर्यात प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको आधारमा निर्णायक समितिले उनलाई विशिष्ट वाणिज्य सम्मानका लागि छनोट गरेको बताइएको छ।
चौथो संस्करणको अवार्ड कार्यक्रमको आयोजना सेलिब्रेटी नेपाल प्रतिष्ठान ले गरेको हो भने कार्यक्रम व्यवस्थापन चोया डिजिटल सोलुसन प्रा।लि। ले गरेको थियो।
संगीत, फिल्म र सृजनात्मक क्षेत्रसँगै व्यवसाय तथा प्रविधिमा योगदान पुर्याउने व्यक्तित्वलाई पनि सम्मान गर्दै आएको अवार्डले यस वर्ष विभिन्न विधामा योगदान पुर्याउने व्यक्तिहरूलाई कदर गरेको आयोजकको भनाइ छ।





































