
तेहरान- इरानले इजरायलमाथि मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोटको आवाज सुनिएको छ । अमेरिका र इजरायलले पछिल्लो समय इरानमाथि हमला गरिरहेका छन् । जवाफमा इरानले पनि इजरायलतर्फ मिसाइल प्रहार गरेको हो ।
इरानी मिसाइल इजरायलतर्फ आइरहेको देखिएपछि देशका धेरै क्षेत्रमा साइरन बजाइएको छ । यस्तो साइरन छिमेको जोर्डनमा पनि बजाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।‘जनतालाई सरकारका निर्देशनहरू पालना गर्न अनुरोध गरिन्छ । हाल इजरायली वायु सेना खतराहरू रोक्न र आवश्यक परेमा तिनमाथि आक्रमण गर्न अभियान सञ्चालन गरिरहेको छ, ताकि खतरा अन्त्य गर्न सकियोस्’, इजरायली रक्षा मन्त्रालयले भनेको छ।
इजरायली हवाई रक्षा प्रणालीले इरानबाट आएका मिसाइलहरू रोक्ने प्रयास गरिरहेको छ । यस हमलाबाट भएको क्षति वा हताहतबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन ।





































