जोडिनुहोस
  • होमपेज
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा पाँच हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला दुई सय ४५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला पाँच ९८५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

धेरै टिप्पणी गरिएका