काठमाडौँ– टर्कीमा फेरि अर्को भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको टर्कीको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पको प्रभाव सिरियामा पनि परेको छ । भूकम्पमा परेर ३ जना मानिसको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएको अल जजिराले जनाएको छ ।
केही समयअघि मात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । ४४ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।