
काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा च्याम्पिनय बनेको नेपाली यू–१९ टोली आज स्वदेश फर्कँदै छ । एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोली आज स्वदेश फर्कन लागेको हो ।
विश्वकपको एसीया क्षेत्र छनोटमा च्याम्पियन भएको नेपाली टोली आज साझ ६ बजे स्वदेश फर्कन लागेको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ ।
नेपालले बिहीबार भएको अन्तिम तथा निर्णायक खेलमा यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको थियो ।