नयाँ दिल्ली— अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन शुक्रबार क्वाड विदेश मन्त्रीहरूको बैठकमा भाग लिन ताज प्यालेस आइपुगेका छन्। ‘द क्वाड स्क्वाडः पावर एन्ड पर्पज अफ द पोलिगन’ सम्बन्धी प्यानल छलफल भाग लिन आयोजक स्थल ताज होटल आईपुगेका हुन् ।
विदेशमन्त्री एस जयशंकरको अध्यक्षतामा हुने बैठकमा अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङ र जापानका विदेशमन्त्री योशिमासा हयाशी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको सहभागिता रहनेछ। यो बैठक सेप्टेम्बर २०२२ मा न्यूयोर्कमा भएको अन्तिम बैठकमा भएको छलफल जारी राख्न मन्त्रीहरूको लागि अवसर हुनेछ, प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनीहरूले इन्डो—प्यासिफिक क्षेत्रमा हालैका घटनाक्रमहरू र स्वतन्त्र, खुला र समावेशी इन्डो—प्यासिफिकको आफ्नो दृष्टिकोणबाट निर्देशित पारस्परिक हितका क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान गर्नेछन्। मन्त्रीहरूले क्वाडले आफ्नो रचनात्मक एजेन्डा र क्षेत्रको समसामयिक प्राथमिकताहरूलाई सम्बोधन गर्ने छन्।