जोडिनुहोस
  • होमपेज
  • नेपाली उत्पादन प्रयोग गर्न मातहतका निकायलाई उद्योग मन्त्रालयकाे निर्देशन

नेपाली उत्पादन प्रयोग गर्न मातहतका निकायलाई उद्योग मन्त्रालयकाे निर्देशन

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका कार्यालयहरुलाई स्वदेशी उत्पादनको उपभोग गर्न परिपत्र गरेको छ । मन्त्रालयले सबै संस्थान र विभागलाई स्वदेशी उत्पादन प्रयोग गर्न भनेको हो ।

उद्योग मन्त्रालयले एकपरिपत्र जारी गर्दै भनेको छ, ‘फागुन १२ गते सचिवको संयोजकमा बसेको ६४ औं केन्द्रीय अनुगमन तथा मुल्यांकन समितिको बैठकको निर्णयले सबै सरकारी निकायले सम्भव भएसम्म नेपाली वस्तु प्रयोग गर्ने प्रवन्ध मिलाउँने उल्लेख गरेकाल सो बमोजिमको निर्णय कार्यान्वयनको लागि अनुरोध छ ।’

मन्त्रालयले सोही निर्णयलाई टेकेर मातहतका विभाग र संस्थानलाई स्वदेशी वस्तु प्रयोग गर्न निर्देशन दिएको बताएको छ । मन्त्रालयले सबै सरकारी निकायले प्रयोग गर्ने स्टेशनरी, खाजाका परिकारदेखि खरिदका कार्यमा समेत स्वदेशी प्रयोगलाई प्राथमिकता दिने निर्णय पनि यसअघि नै गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
In-depth Analysis of Online Casinos in 2025 and Beyond