जोडिनुहोस
  • होमपेज
  • नवनिर्वाचित राष्ट्रपति पौडेल पशुपति र बिपी संग्रहालय जाने

नवनिर्वाचित राष्ट्रपति पौडेल पशुपति र बिपी संग्रहालय जाने

काठमाडौँ— नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन्।

आज बिहान ८ बजे सभामुख घिमिरे राष्ट्रपति पौडेललाई भेट्न उनको निजी निवास बोहराटार जाने स्रोतले जनाएको छ।

यसपछि आज बिहान ९ बजे राष्ट्रपति पौडेल पशुपतिनाथ पुगेर दर्शन गर्ने कार्यक्रम पनि तय भएको छ।

राष्ट्रपति पौडेल आजै सुन्दरीजल पनि जानेछन्। त्यहाँ पुगेर बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ। पौडेल बिहीबार मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help