जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • थ्री नेसन्स कपका लागि भुटानी टोली काठमाडौँमा

थ्री नेसन्स कपका लागि भुटानी टोली काठमाडौँमा

काठमाडौँ- आगामी बुधबार काठमाडौँमा आयोजना हुन लागेको प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि भुटानको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ। भुटानी टोली सोमबार बिहान नेपाल आइपुगेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना थ्री नेसन्स कप ८ देखि १७ चैतसम्म सञ्चालन हुँदैछ। प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्नेछन्।

लाओसको टोली सोमबार नै नेपाल आइपुग्ने छ। सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि १७ चैतमा फाइनलमा प्रतिस्पर्धा गर्ने छ।

पहिलो खेलमा नेपालले लाओससँग बुधबार प्रतिस्पर्धा गर्ने छ। ११ चैतमा भुटान र लाओस भिड्ने छन्। त्यस्तै, १४ गते नेपाल र भुटान भिड्ने छन्। नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा पहिलो प्रतियोगिता खेल्ने छ।

प्रतियोगितामा एन्फाले दुई फरक टिकट दर राखेको छ। सामान्य प्यारापिटतर्फ ५ सय र भिभिआइपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ।

यसअघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो। फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?