जोडिनुहोस
  • होमपेज
  • सिटिजन लाइफले प्रिमियममा १ करोड १२ लाख कित्ता आईपीओ जारी गर्ने

सिटिजन लाइफले प्रिमियममा १ करोड १२ लाख कित्ता आईपीओ जारी गर्ने

काठमाडौँ । सिटिजन लाइफ इन्सुरेन्सले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता २९० रुपैयाँ दरका १ करोड १२ लाख ५० हजार कित्ता सेयर जारी गर्न धितोपत्र बोर्डसँग स्वीकृति माग गरेको हो ।

फेस भ्यालूमा १९० रुपैयाँ प्रिमियमसहित ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्ने कम्पनीको योजना छ ।

यद्यपि, कर्मचारीलाई भने १०० रुपैयाँका दरले नै सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका