काठमाडौं । सन् २०२८ मा आयोजना हुने युरोकप फुटबल आयोजनाका लागि बेलायत र आयरल्याण्डले संयुक्त दाबी पेश गरेको छ ।
बेलायत र आयरल्याण्डले १० रंगशालाको नामसहित दाबी पेश गरेको बीबीसीले जनाएको छ ।
पेश गरिएको स्टेडियममा वेम्बली, भिल्ला पार्क, एभर्टन स्टेडियम, टोटेनहम हटस्पर स्टेडियम, इतिहाद स्टेडियम सेन्ट जेम्स पार्क, अविभा स्टेडियम, कासेमेन्ट पार्क, ह्याम्पडेन पार्क र प्रिन्सिप्यालिटी स्टेडियममा छन् ।
युरो २०२८ आयोजनाका लागि टर्कीले समेत दाबी गरेको छ । युएईएफएले आगामी सेप्टम्बरमा आयोजक राष्ट्र तय गर्नेछ ।