जोडिनुहोस
  • होमपेज
  • सल्यानमा माटोको ढिस्कोले पुरिदा एकजनाको मृत्यु

सल्यानमा माटोको ढिस्कोले पुरिदा एकजनाको मृत्यु

सल्यान : सल्यानमा माटोको ढिस्कोले पुरिदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। जिल्लाको बागचौर नगरपालिका–१ धारापानीका १७ वर्षीय नवीन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आइतबार दिउँसो बागचौर नगरपालिका–२ ठिनवाङ खोलामा तारजाली भर्न जेसिबीले खाडल खनिरहेको अवस्थामा काम गरिरहेका केसीलाई माथिबाट आएको माटोको ढिस्कोले पुरेको थियो।

गम्भीर घाइते केसीको बागचौरस्थित जनप्रिय पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए। केसीसँगै २५ वर्षीय राजन बस्नेत पनि पुरिएका थिए।

उनको अवस्था सामान्य रहेको र जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको उनको भनाइ छ। उनको बागचौरमा रहेको जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको उनको भनाइ छ। जेसिबी चालक सल्यान शारदा नगरपालिका–१३ का २५ वर्षीय सुमन योगीलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Sports Betting at Non Gamstop Free Spins No Deposit