जोडिनुहोस
  • होमपेज
  • नेप्से परिसूचक २३.६४ अंकले ओरालो

नेप्से परिसूचक २३.६४ अंकले ओरालो

काठमाडौं– साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक २३.६४ अंकले ओरालो लागेको हो । योसँगै सूचक १९०८ को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७८ अंकले घटेर ३६२.९६ विन्दुमा पुगेको छ।

यसअघि आइतबारको कारोबारमा भने नेप्से परिसूचक २.८० अंकले ओरालो लागि १९३१.६८ विन्दुमा अडिएको थियो । सोही दिन एक अर्ब ९७ करोड ४५ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कूल २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। 

यसैगरी, नेप्से सुचकमा २३ कम्पनीमा वृद्धि भएको छ । १८८ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा अरुण उपत्यका जलविद्युत विकास कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ७ करोड भन्दाबढि रुपैयाँको कारोबार गरेको छ । यसैगरी शिवम् सिमेन्टको ४ करोड भन्दा बढि कारोबार भएको हो । 

सोमबार सबै उपसूचक कम्पनीहरूमा ओरालो लागेको छ । सोमबार आदर्श लघुवित्त वित्तिय संस्था सिद्धार्थ, कालिन्चोक दर्शन र मैलुङ जलविद्युतको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help