जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्डले मन्त्री बनाउँछु भन्दै झुठो आश्वासन बाँडेका छन : अध्यक्ष ओली

प्रधानमन्त्री प्रचण्डले मन्त्री बनाउँछु भन्दै झुठो आश्वासन बाँडेका छन  : अध्यक्ष ओली

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बनाउँछु भन्दै झुठो आश्वासन बाँडेको बताएका छन्।

शनिबार नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले चुनावी सभामा उम्मेदवारलाई जिताए मन्त्री बनाउँछु भन्दै प्रचण्डले झुठो आश्वासन दिएको बताएका हुन्।

‘यहाँ यत्रा सांसद छन् मन्त्री बनाउन सकेको छैन्। तनहुँ, चितवन र बारा गएर मन्त्री बनाउँछु भन्दै हिँडेका छन्। चुनाव अगाडि सबैलाई मन्त्री बनाउँछु भनेका अहिले कहाँ बनाएको छ त? फेरी जित्नु न सित्नु मन्त्री बनाउँछु भन्दै गएका छन्। ढाँट्न कति सकेको? तनहुँ गएर भानुभक्त, लेखनाथ, सहीदको कुरा गरेनन्। बाटोको अनुशरण गर्छु भनेनन्। उनीहरूले सरकारी हेलिकप्टरमा गएर प्रलोभन बाँडे,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help