जोडिनुहोस
  • होमपेज
  • ए डिभिजिन लिगः आज दुई खेल हुँदै

ए डिभिजिन लिगः  आज दुई खेल हुँदै

काठमाडौं: शहीद स्मारक ए डिभिजिन लिग फुटबलमा आइतबार ११‍औँ चरणका अन्तिम दुई खेल हुँदैछ।

दिउँसो ३ बजे च्यासल मैदानमा हुने पहिलो खेलमा हिमालयन शेर्पा र सातदोबाटो युथ क्लब भिड्दैछन्। हिमालयन शेर्पा १० खेलबाट ९ अंक जोडेर अन्तिमबाट दोस्रो स्थानमा छ।

सातदोबाटो समान खेलबाट १७ अंक जोडेर तालिकाको चौथो स्थानमा छ। यस्तै साँझ ६ बजे दशरथ रंगशालामा हुने खेलमा संकटा र थ्रीस्टार क्लब भिड्दैछन्।

१८ अंकसहित तेस्रो स्थानमा रहेको थ्रीस्टार आज छैटौँ जित निकाल्दै दोस्रो स्थानमा उक्लिने लक्ष्यमा छ। १५ अंक जोडेर आठौँ स्थानमा रहेको संकटा थ्रीस्टारविरुद्ध जित निकाल्दै चौथो स्थानमा उक्लिने योजनामा छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help