काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद तथा गोेपनीयताको शपथ ग्रहण गरेका छन् ।
शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन मन्त्रीको शपथ गराएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको तर्फबाट धनराज गुरुङलाई कानून, मोहन बस्नेतलाई स्वास्थ्य र डिगबहादुर लिम्बूलाई युवा तया खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।