जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्डले भेटे भारतीय उपराष्ट्रपति धनखड

प्रधानमन्त्री प्रचण्डले भेटे भारतीय उपराष्ट्रपति धनखड

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गरेका छन्।

बिहीबार नयाँ दिल्लीस्थित उपराष्ट्रपति कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा दुई देशको सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको छ।

प्रधानमन्त्री दाहालले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि भेट गर्ने कार्यक्रम छ।

चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्ती दाहाल बुुधबार दिल्ली गएका थिए। उनी जेठ २० मा स्वदेश फर्कनेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Chicken Road 2 Game Free Money Demo + Download App apk