काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदमा छलफलमा उठेका विषयहरु बजेटमा पर्छ कि पर्दैनन् ? भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफलको क्रममा बोल्दै उनले उठेका विषयलाई कसरी समेटिन्छन् स्पष्ट पार्न आग्रह गरे ।
उनले भने, ‘अर्थतन्त्रमा देखिएको समस्या आज उत्पन्न भएको होइन । लामो बेथितिको कारणले उत्पन्न भएको हो । विगतको निरन्तरताले अर्थतन्त्रको रुपान्तरण सम्भव छैन ।’
अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट नै निष्कर्ष हो भने रुपमान्तरणको आश गर्न नसकिने उनको भनाइ छ।