जोडिनुहोस
  • होमपेज
  • जोखिमयुक्त घोराही सिमेन्टको आइपीओमा मागभन्दा दोब्बर बढी आवेदन हुँदा पनि थपियो म्याद

जोखिमयुक्त घोराही सिमेन्टको आइपीओमा मागभन्दा दोब्बर बढी आवेदन हुँदा पनि थपियो म्याद

काठमाडौं। घोराही सिमेन्टले जेठ ३२ गतेबाट बिक्री सुरु गरेको आइपीओमा सर्वसाधारणले पर्याप्त आवेदन दिँदादिँदै पनि म्याद लम्ब्याउने भएको छ। अब ढिलोमा असार १४ गतेसम्म आवेदन दिन मिल्छ।

कम्पनीले असार ४ गतेसम्म परेको आवेदन पर्याप्त भए पनि प्रमाणित हुने प्रक्रियामा रहेकाले म्याद थप गरेको जनाएको छ। असार ४ गतेसम्म १ करोड ७२ लाख ५५ हजार २५० कित्ता सेयरका लागि आवेदन परिसकेको छ।

घोराहीले सर्वसाधारणलाई ४३५ रुपैयाँ प्रिमियम दरले ६९ लाख ११ हजार ६७० कित्ता बिक्री खुलाएको छ। यसमा मागभन्दा साढे २ गुणा बढी आवेदन परिसकेको छ। कम्पनीले आरक्षित सेयर नबिकेपछि त्यसलाई पनि जोडेर सर्वसाधारणलाई बिक्री गर्दैछ।

सीडीएस एण्ड क्लियरिङका अनुसार आइतबारसम्म ४ लाख ४५ हजार ८ सय ९० जना आवेदकबाट ७ अर्ब ५० करोड ६० लाख ३३ हजार ७५० रुपैयाँ बराबरको आवेदन परेको छ। यो बराबर १ करोड ७२ लाख ५५ हजार २५० कित्ता हुन्छ।

यद्यपि सो आवेदन प्रमाणित हुन नसकेपछि कम्पनीले पुनः प्रमाणित हुने गरी आवेदन दिन आग्रह गरेको छ। रीतपूर्वक आवेदन दिनेहरु न्यून भएपछि कम्पनी म्याद लम्ब्याउन बाध्य देखिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help