काठमाडौं । देशभर आँशिकदेखि सामान्य बदली भई कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थान तथा बाँकी प्रदेशका तराईका एक/दुई स्थानमा हावाहुरीकोसमेत सम्भावना छ।
राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरी चल्न सक्न महाशाखाले जनाएको छ ।
भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थान तथा बाँकी प्रदेशका तराईका एक(दुई स्थानमा हावाहुरीकोसमेत सम्भावना छ।
राति कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ। गण्डकी र लुम्बिनी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीसमेत चल्नेछ ।
शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ । राति पनि देशका धेरै स्थानमा वर्षा हुनेछ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षा हुने सक्ने सम्भावना छ ।