जोडिनुहोस
  • होमपेज
  • वर्षाको कारण दिल्ली र उत्तर प्रदेशमा विद्यालय बन्द

वर्षाको कारण दिल्ली र उत्तर प्रदेशमा विद्यालय बन्द

नयाँ दिल्ली । लगातार दुई दिनसम्म भारी वर्षाको बीचमा प्रशासनले दिल्ली एनसीआर र पश्चिमी उत्तर प्रदेशमा स्कुलहरू बन्द गर्न आदेश दिएको छ।

गाजियाबाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगरका जिल्ला मजिस्ट्रेटले कन्वर यात्रा र भारी वर्षाका कारण जुलाई १० देखि जुलाई १५ सम्म सबै विद्यालयहरूमा बिदाको घोषणा गरेका छन्।

गौतम बुद्धनगरका जिल्ला अधिकारीले ट्विट गर्दै जुलाई १० गते भारी वर्षाका कारण सबै विद्यालयमा बिदा हुने जानकारी दिएका छन् । उत्तर प्रदेशका धेरै जिल्लाहरूमा वर्षाको सन्दर्भमा पहेँलो चेतावनी जारी गरिएको छ। पश्चिमी उत्तर प्रदेशमा केही दिनदेखि लगातार वर्षा भइरहेको छ । सोमबार पनि राज्यमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाका कारण नोएडामा १० जुलाईमा सबै विद्यालयहरू बन्द रहनेछन्। धेरै विद्यालयले यस अवधिमा अनलाइन पढाइ हुने म्यासेज गरेर अभिभावकलाई जानकारी गराएको छ ।

परीक्षा सञ्चालन हुने शामली जिल्लाका डिग्री कलेजहरूमा भने नियमित रूपमा परीक्षा हुने भएको छ । बागपत जिल्ला मजिस्ट्रेट जितेन्द्र प्रताप सिंहले जुलाई १० देखि जुलाई ११ सम्म जिल्लाका सबै बोर्ड स्कुलहरू (१-१२ कक्षा) बन्द गर्ने आदेश दिएका छन्।

कन्वर यात्राका कारण असार १२ देखि १५ गतेसम्म विद्यालयमा बिदा दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help