आगलागीबाट एकै परिवारका चार जनाको मृत्यु

title
सोमवार, मंसिर १०, २०७५

शिशिर चम्लागांई /झापा

झापाको शिवसताक्षी नगरपालिका–७ लाल्झोड़ामा भएको आगलागीबाट एकै परिवारका चारजनाको मृत्यु भएको छ । आइतबारराति १० बजेको घरमा लागेको आगलागीबाट उनीहरुको जलेर मृत्यु भएको हो ।

आगलागीमा परी ज्यान गुमाउनेमा ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीय राधिका खनाल, ४ वर्षीय सुप्रिया खनाल र ३ महिनाका टिकाराम खनाल रहेको प्रहरीले जनाएको छ ।

आगलागी के कारणले भएको हो भन्ने अनुसन्धान भैरहेको र्इलाका प्रहरी कार्यालय झल्झिलेले जानकारी दिएको छ ।