आलम हत्याकाण्डः ‘सुटर भाग्नुमा प्रहरीकै लापरबाही’

title
शुक्रबार, अशोज ५, २०७५

ध्रुब ढकाल

सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहमा ५१ बर्षिय खुर्सीद आलमको गोली हानी हत्या भएको छ । स्थानिय रैयन नेशनल स्कुलका प्रधानध्यापक रहेका खुर्सीद स्कुलको बैठक सकेर मोटरसाईकलमा घर फर्कदै गर्दा गोली हानिएको थियो ।

सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहमा एक स्कुलका प्रधानध्यापकको गोली हानी हत्या भएको छ । भारतीय नम्बर प्लेटका २ ओटा मोटरसाईकलमा आएका सुटरले स्थानीय रैयन नेशनल स्कुलका प्रधानध्यापक रहेका खुर्सीद आलमको गोली हानी हत्या गरेका हुन् ।

उनको टाउको र पिठ्युमा गोली लागेको छ । मोटरसाईकलमा आएका व्यक्तिले गोली हानेको आलम चढेको मोटरसाईकल हाक्ने स्थानीय अमिन अन्सारीले बताउनुभयो । आलमलाई गोली हानेर भाग्ने क्रममा घुस्कीमा रहेको प्रहरीसँग झडप भएको प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीलाई गोली हानेर सुटरहरु भारत तर्फ भागेको स्थानीय प्रतक्ष्यदर्शीहरुले बताएका छन् । गोली लागि प्रहरी शिवलाल पौडेल घाइते भएका छन् । उनको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटना भएको स्थान र प्रहरीको चौकी नजिकै रहेको छ । घटना भएको स्थान नेपाल भारतको सिमाबाट करिव ७ किलोमिटर मात्रै नजिक छ ।

प्रहरी र सिमामा खटिने शसस्त्र प्रहरी समयमै नआउँदा अपराधी भाग्न सफल भएको स्थानियबासीले आरोप लगाएका छन् । आक्रोसित बनेका स्थानियबासीले घटनास्थलमै मृतकको शव राखेर आन्दोलन चर्काएका छन् । गृहमन्त्रिले घटनाको विषयमा जवाफ दिनुपर्ने भन्दै आक्रोसित स्थानिय बासीले सडकमा टायर बालेर आन्दोलन सुरु गरेका छन् ।

मृतक आलम सो क्षेत्रका निकै प्रतिष्ठित व्यक्ति थिए । मुस्लिम सुमदायका मौलाना समेत रहेका आलम तत्कालीन एमालेका जिल्ला सल्लाहकार समेत थिए । मुस्लिम समुदायको अगुवा मौलानालाई षडयन्त्रपूर्वक मारिएको सुनसरी जिल्ला मुस्लिम गठबन्धनका अध्यक्ष मोहमत मुक्तार आलमले आरोप लगाए ।

घटनाको विरोधमा स्थानीयहरु आक्रोसित हुँदै गएपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । भारतीय सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।