सडक छेउमा उत्तानो परेको बसमाथि जब यसरी प्रहरी चढे…

title
मङ्लबार, भदौ २६, २०७५

नारायण खड्का, तनहुँ 

सोमबार दिउँसो डुम्रे बेशीशहर सडक खण्डमा ग १ ख ४४४५ नम्वरको बस दुर्घटना भयो । तनहुँको भानु–३ तुरतुरेमा भएको उक्त दुर्घटनामा भानु–१ सालबिस्ने बस्ने २७ वर्षीय ज्ञानबहादुर तामाङ्गको ज्यान गयो भने अन्य ९ जना घाइते भए ।

दुर्घटनामा परी गम्भिर घाइते भएका सहचालक तामाङ्गको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

जब बस दुर्घटना भयो बसमा सवार घाइतेहरुको उद्धारमा स्थानीय वासिन्दा तथा प्रहरी खटिए । उद्धारमा खटिरहेकै बेला एक जना  प्रहरीले पनि घाइतेको उद्धारका लागि तदारुकता देखाए । सडक छेउमा पल्टिएको बसमाथि चढेर बसभित्र अरु कोही घाइते फसिरहेका छन् कि भनेर उनी नियाल्दै थिए ।

बीचबाटोमा पल्टिएको बसमाथि चढेर फोनमा कसैसँग कुरा गर्दै गरेको  प्रहरीको यो तस्वीर अनौठो लागेपनि वास्तवमा अवस्था यस्तै थियो । बसमाथि नचढी यात्रुको तत्काल उद्धार गर्नु सम्भव थिएन । किनकी बसको ढोकापट्टिको भाग पुरै सडकमै सुतेको थियो भने विपरित दिशातिरका झ्यालबाट घाइतेको उद्धार गरिएको थियो ।