प्रधानमन्त्रीविरुद्ध अख्तियारमा गोप्य बैठक

काठमाडौं । कमजोर टिमका कारण अपेक्षाअनुसार काम गर्न नसकेको आरोप खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओली नयाँ–नयाँ विवादमा फसिरहेका छन् । यतिबेला संवैधानिक आयोगका प्रमुखहरु प्रधानमन्त्रीविरुद्ध लागेका छन् । मुख्यसचिवका कारण उनीहरु प्रधानमन्त्रीविरुद्ध लागेका हुन् ।
स्रोतका अनुसार हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संवैधानिक आयोगहरुलाई समेत कार्य प्रगति र योजना माग गर्दै पत्राचार गरेको थियो । प्रधानमन्त्रीले सबै सरकारी निकायहरुलाई सक्रिय बनाउन निर्देशन दिएका थिए । सोही अनुसार संवैधानिक आयोगहरुलाई समेत मुख्यसचिव लोकदर्शन रेग्मीले कार्यविवरण माग्दै पत्राचार गर्न लगाए । त्यही पत्रका कारण यतिबेला विवाद भइरहेको छ ।
कानूनतः संवैधानिक आयोगहरु प्रधानमन्त्री मातहत हुँदनन् । उनीहरु संसद र राष्ट्रपतिप्रति मात्र जवाफदेही हुन्छन् । तर, प्रधानमन्त्री कार्यालयले निर्देशनात्मक पत्र पठाएपछि अख्तियार दुरु पयोग अनुसनधान आयोग लोकसेवा आयोग, निर्वाचन आयोग र महालेखा परीक्षकको कार्यालयका पदाधिकारीहरु रुष्ट बनेका हुन् । ती निकायहरु प्रमुखहरुले त्यस विषयमा शुक्रबार बैठक बसेर प्रधानमन्त्री कार्यालयको निर्णय नमान्ने सहमति गरेका हुन् । अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको कार्यकक्षमा बैठक बसेको स्रोत बताउँछ ।
प्रधानमन्त्री कार्यालयको निर्णय मान्नु भनेको संवैधाािक निकायमाथि सरकारको हस्तक्षेप स्वीकार गर्नुभएको निष्कर्ष निकाल्दै उनीहरुले त्यसको जवाफ नदिने निर्णय गरेका हुन् ।
यो विषयले प्रधानमन्त्रीलाई थप विवादमा पारेको छ । पत्राचार नियोजित रुपमा गरिएको हो कि झुक्किएर भन्ने खुल्न सकेको छैन । दृष्टि साप्ताहिकबाट ।
-
हत्या आरोपी १० वर्षपछि पक्राउ
-
पुनः पश्चिमी वायू सक्रिय, मौसम प्रतिकूल
-
कर्मचारी विधेयकमा आरक्षण कटौती गरिएको भन्दै आपत्ति
-
‘कानून संशोधन नगरी वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’
-
प्रजातन्त्रमा जनता सर्वोच्च हुन्छ : राप्रपा(संयुक्त)का अध्यक्ष लोहनी
-
चैत मसान्तभित्र स्ववियु निर्वाचन हुन्छ: मन्त्री पोखरेल
-
न्यायिक समितिमा जग्गा विवादको उजुरी धेरै
-
एफएम रेडियो र टेलिभिजनहरुलाई प्रजातन्त्र दिवसको सूचनामूलक सामग्री प्रशारण गर्न सरकारको आह्वान
-
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
-
आचारसंहिता उल्लङ्घनका ३९३ घटना
-
कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’
-
आज ‘जनताको जलविद्युत आयोजना’ घोषणा
-
‘भ्यालेन्टाइन्स डे’ मनाइदै, प्रेमका लागि शहीद हुने सेन्ट भ्यालेन्टाइनको सम्झना
-
नेकपा कमजोर भए पालो आउला भनेर नसोचे हुन्छ: प्रधानमन्त्री
-
गजुरी बजारबाट ३ सय ६० केजी चरेस सहित प्रहरीले दुई जनालाई पक्राउ
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
स्वर्ग जस्तो बडिमालिका, जस्लाई बाजुराले नै चिनेन (मनमोहक १० तस्विर सहित)
-
मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या
-
‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’
-
नेपाल बन्द अपडेट : कहीँ तोडफोड, कहीँ आगजनी, ठाउँ–ठाउँमा शंकास्पद वस्तु फेला
-
साताको शेयर बजार : परिसुचक बढेपनि अर्ब पुगेन कारोवार
-
हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग वार्ता गर्नुपर्ने गच्छदारको भनाइ
-
गण्डकी मेडिकल कलेज सञ्चालकको मनपरी, विद्यार्थी आन्दोलित
-
विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो
-
डिपीएल उपाधी भिडन्त : महेन्द्रनगरद्धारा अत्तरियालाई १२४ रनको लक्ष्य
-
बमकाण्डका घाइतेको उपचार सरकारले गर्ने
-
चोरीका मोबाइलसहित चार पक्राउ
-
अष्ट्रियाली विदेशमन्त्री भूटान प्रस्थान
-
सांसद वलीको अन्तिम दाहसंस्कार
-
नख्खुमा बम विष्फोट : एकजनाको मृत्यु, ६ जना पक्राउ
-
अख्तियार टोलीद्वारा घुससहित पक्राउ
-
लापरबाही हुँदा १ सय ५० रोपनी सरकारी जग्गा हयात होटलको नाममा
-
स्ववियु निर्वाचन आगामी वैशाखमा सार्ने त्रिविको तयारी
-
काम गर्न मलेसिया गएका २ सय नेपाली जेलमा
-
खानेपानीको मुहान खोज्दै जंगल पसे मेयर