एस्टोलोजर राज सम्मानित

title
बुधबार, पुस २५, २०७५

काठमाडौं । नेपाल ज्योतिष परिषद्ले सगरमाथा टेलिभिजनमा लामो समयदेखि ‘जीवन मन्त्र’ कार्यक्रम सञ्चालन गर्दै आउनुभएका ‘एस्टोलोजर राज’लाई सम्मान गरेको छ । परिषद्को २१ औं वार्षिकोत्सवका अवसरमा उहाँलाई नगद पाँच हजारसहित दोसल्ला तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

प्रमुख अतिथिको रुपमा रहनुभएका नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सम्मानित व्यक्तित्वहरुकालाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गर्नुभएको हाे । विगत २५ वर्ष यता एस्टोलोजर राजले फलित ज्योतिष तथा वास्तु क्षेत्रमा गर्नुभएको योगदानको उच्च कदर गर्दै परिषद्ले सम्मान गरेको हो । उहाँ ज्यातिष सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा समेत सहभागिता जनाउँदै आउनुभएको छ ।

पुरस्कृति हुनुभएका राजले नेपाल ज्योतिष परिषद्को श्रीवृद्धिका लागि प्राप्त पुरस्कार रकममा थप एक लाख थप्दै दानस्वरुप रु १ लाख ५ हजार प्रदान गर्नुभएको थियो । उहाँले परिषद्मा आवद्ध भई फलित ज्योतिषमा अनुसन्धान गर्नेहरुका लागि आफूहरुको सहयोगले  उनीहरूलाई तार्किक निस्कर्षमा पु¥याउन मद्दत पुग्ने बताउनुभयो ।