सिंगापुरमा ‘बेष्ट एष्ट्रोलोजर एसिया अवार्ड’ पुनः एष्ट्रोलोजर राजलाई प्रदान

title
शुक्रबार, अशोज १२, २०७५

काठमाडौं । सगरमाथा टेलिभिजनमा हरेक दिन बिहान ९ः१५ बजे प्रत्यक्ष प्रसारण हुने “जीवनमन्त्र” कार्यक्रमका प्रस्तोता तथा एष्ट्रोलोजर राज पुनः वेष्ट एष्टोलोजर एसिया अवार्ड प्राप्त गर्न सफल भएका छन् ।

हालै सिंगापुरमा सम्पन्न आसाम–बांगिया ज्योतिष तथा तन्त्र सम्मेलनमा एष्ट्रोलोजर राजले ‘बेष्ट एष्ट्रोलोजर एसिया अवार्ड’को उपाधि हात पारेका हुन् । यस अघि गत वर्ष पनि उनलाई बेष्ट एष्ट्रोलोजरको उपाधि प्रदान गरिएको थियो ।

सिंगापुरमा सम्पन्न कार्यक्रममा एष्ट्रोलोजर राज प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । सम्मेलनमा नेपाल, भारत, सिंगापुर, थाइल्याण्ड, बंगलादेश लगायतका मुलकबाट सहभागी भएको ज्योतिषीहरुलाई विभिन्न अवार्ड तथा कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमा प्रमुख अतिथिसहित ‘वगमनभ’को रुपमा उपस्थित भएका एष्ट्रोलोजर राजलाई ‘बेष्ट एष्ट्रोलोजर अफ दि एसिया–२०१८’को अवार्ड प्रदान गर्दै आयोजक संस्थाका अध्यक्ष सुविर बोस र कार्यक्रम संयोजक दीप बोसले बधाइ ज्ञापन गरेका थिए ।

लगातार दोस्रो पटिक पनि बेष्ट एष्ट्रोलोजरको अवार्ड प्राप्त गर्न सफल भएका एष्ट्रोलोजर राज एष्ट्रोलोजि रिसर्च सेन्टरका अध्यक्ष समेत हुन् ।