राष्ट्रिय झण्डा फहराउँदै कलाकार जब थाइल्याण्डको खेल मैदानमा उत्रिए

title
मङ्लबार, अशोज २३, २०७५

काठमाडौं । बक्सअफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्मी क्लब नेपालले हालै थाइल्याण्डमा आयोजना गरेको नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डका क्रममा रमाइलो फुटबलको आयोजना भएको थियो ।

उक्त रमाइलो फुटबल कार्यक्रममा नेपाली राष्ट्रिय कलाकार टोलीका विरुद्ध आयोजक तथा त्यहाँका बुद्धिजिवीहरु मैदानमा उत्रिएका थिए । नेपाली राष्ट्रिय झण्डाका साथ मैदानमा उत्रिएका कलाकारहरुबीचयो यो खेल उपाधि जित्नुभन्दा पनि मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली कला संस्कृति र आफ्नो पहिचान विदशी सामु देखाउनु मात्र थियो ।

जुन काम कलाकारले गरे, त्यो भन्दा पनि चलचित्र गुनगुन टोलीले आफ्नो प्रचार प्रसार विदेशी भूमिमा समेत गर्न भ्याएको थियो । उनीहरुले चलचित्रको नाम अंकित टिसर्ट लगाएर मैदानमा उत्रिएका थिए ।

त्यसो त नेपाली चलचित्रले अहिले बजार विस्तार पनि भएको छ । नेपालमा प्रदर्शन पश्चात नेपाली चलचित्र विदेशी भूमिमा प्रदर्शन हुने गर्छन् । सायद गुनगुन टोलीले पनि अवार्ड वितरणको मौका छोपेर आफ्नो चलचित्रको प्रचारमा जुटेको हुनसक्छ । विदेशी भूमिमा नेपाली चलचित्रको बजार विस्तार हुनु नेपाली चलचित्र क्षेत्रकै लागि सुखद् पक्ष पनि हो ।