रिपोर्ट

  • ठग दूध व्यापारीलाई पोस्दै सरकार

    ठग दूध व्यापारीलाई पोस्दै सरकार

    काठमाडौं । भदौ २१ गते बाट लागु हुने गरी सरकारले दूधको मूल्य एक लिटरमा ६ रुपैयॉ बढाएपनि व्यापारीले स्थानीय ग्राहकसाग जथाभावी मुल्य असुली रहेका छन् ।

    सरकारले मूल्य समायोजन गरेर हात बाँधेर बसेको छ तर ठग्न पल्केका काला बजारियाले दूधको मुल्यमा अतिरिक्त शुल्क जोडेर ठग्न छाडेका छैनन् ।

    शुक्रबार, अशोज ३, २०७६
  • घरबेटीलाई बहाल कर तिराउने विषय विवादमा

    घरबेटीलाई बहाल कर तिराउने विषय विवादमा

    काठमाडौं- काठमाडौ महानगरपालिकाले घर धनीबाट बहाल कर लिने नियम बनाएको भएपनि आधाभन्दा बढी घरधनी वहाल करको दायरा बाहिर छन् ।

    महानगर भित्रका कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, सेड, जग्गा, पोखरी वा अन्य सम्पत्ति आंशिक वा पुरै बहाल दिएको अवस्थामा कर लाग्ने उल्लेख छ ।

    बुधबार, अशोज १, २०७६
  • बाबा विश्वकर्माप्रतिको विश्वास र पूजाको महत्व

    बाबा विश्वकर्माप्रतिको विश्वास र पूजाको महत्व

    काठमाडौं- हस्तकलाको बेजोड ज्ञान भएका शिल्पकार तथा हतियार विज्ञ विश्वकर्माको सम्झनामा आज देशभर विश्वकर्मा बाबाको पूजा आराधना गरिएको छ ।

    फलाम र फलामजन्य उपकरण तथा हातहतियारको निर्माण र प्रयोगको शुरुवात गर्ने विश्वकर्मालाई प्रत्येक वर्ष असोज १ गते सम्झना गरिन्छ । जहाँ कलकारखाना, ग्यारेज, धातुजन्य उपकरण, औजार तथा सवारी साधनको सरसफाइ तथा पूजाआजा पनि गरिन्छ ।

    बुधबार, अशोज १, २०७६
  • इन्द्रजात्रा सम्पन्न, राष्ट्रपतिद्वारा टीकाग्रहण

    इन्द्रजात्रा सम्पन्न, राष्ट्रपतिद्वारा टीकाग्रहण

    काठमाडौं- हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि परम्परागत रूपमा मनाइने इन्द्रजात्रा बुधबार विहान हनुमान ढोकामा ठड्याइएको लिंगो ढालिएसँगै समापन भएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा विधिवत ठड्याइएको लिङ्गो बुधबार बिहान शुभ साइतमै ढालिएको हो । जात्राको अन्तिम दिन हिजो साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले जीवित देवीका रुपमा मानिने कुमारीबाट टीका ग्रहण गर्नुभएको थियो । […]

    बुधबार, अशोज १, २०७६
  • बिहीबारबाट मौसममा सुधार आउने, आज र भोली पानी पर्‍ने

    बिहीबारबाट मौसममा सुधार आउने, आज र भोली पानी पर्‍ने

    काठमाडौँ । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढिरहेको मौसमविद् विभूति पोखरेलले बताइन । मनसुनको […]

    मङ्लबार, भदौ ३१, २०७६
  • काठमाडौंको मौसम खराब हुँदा ७ वटा हेलिकोप्टर काभ्रेकाे धानबारीमा अवतरण (फाेटाेफिचर)

    काठमाडौंको मौसम खराब हुँदा ७ वटा हेलिकोप्टर काभ्रेकाे धानबारीमा अवतरण (फाेटाेफिचर)

    रामसुन्दर आचार्य काठमाडौं– खराब मौसमका कारण काठमाडौं आउँदै गरेका ७ वटा हेलिकोप्टर काभ्रको पाँच खाल र नेपालथोकमा आकस्मिक अवतरण गरिएको छ । काभ्रेको पाँचखाल ४ वटा र नेपालथोकमा ३ वटा हलिकोप्टर आकस्मिक अवतरण गरिएको काभ्रेका प्रहरी नायव उपरीक्षक दीपक गिरीले पुष्टि गरे । उनका अनुसार काभ्रेको पाँचखालमा मनाङ्ग एयरका २ वटा हेलिकोप्टर र सिम्रिक एयर […]

    मङ्लबार, भदौ ३१, २०७६
  • सरकारमै रहेको दल समाजवादी पार्टीले संविधान दिवस नमनाउने

    सरकारमै रहेको दल समाजवादी पार्टीले संविधान दिवस नमनाउने

    काठमाडाैँ । सरकारमा रहेको दल समाजवादी पार्टी नेपालले संविधान दिवस नमनाउने निर्णय गरेको छ । वर्तमान सरकारमा उपप्रधानमन्त्रीको हैसियतमा रहेका उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकारले घोषणा गरेभन्दा विपरित संविधान दिवसका दिन कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको हो । आगामी शुक्रबार पर्ने संविधान दिवस मनाउन सरकारले सबैलाई आग्रह समेत गरेको छ । प्रधानमन्त्री केपी […]

    सोमवार, भदौ ३०, २०७६
  • नेपाल क्रिकेट संघको चुनाव असोजमा गर्ने सहमति

    नेपाल क्रिकेट संघको चुनाव असोजमा गर्ने सहमति

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) , अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र स्वतन्त्र कमिटीका प्रतिनिधिसहितको बैठकले आगामी असोज १० र ११ गते क्यानको निर्वाचन गर्ने सहमति जुटाएको हो । क्यानको केन्द्रीय निर्वाचनसँग सम्बन्धित प्रक्रियामा समस्या देखिएपछि विवाद समाधानका लागि भन्दै आईसीसीका […]

    सोमवार, भदौ ३०, २०७६
  • अधिकारबिहीन बालबालिकालाई छोएन बालदिवसले (भिडियो)

    अधिकारबिहीन बालबालिकालाई छोएन बालदिवसले (भिडियो)

    काठमाडौं । ‘सुनिश्चित बालअधिकार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ ५५ औं राष्ट्रिय बाल दिवस आज देशभर मनाइएको छ । तर बर्षेनी बालदिवस मनाईरहँदा बालअधिकार हननका घटना भने कम हुन सकेका छैनन् ।

    आइतवार, भदौ २९, २०७६
  • दशैं हिलाम्य हुने संकेत

    दशैं हिलाम्य हुने संकेत

    मौसम पूर्वानुमान महाशाखाका मीन कुमार अर्यालका अनुसार बुधबार यता नेपालमा निरन्तर मौषमी बदली देखिईरहेको बताएका छन् । मनसुनी न्यूनचापीय रेखा (मनसुनी वर्षा गराउने प्रणाली) नेपाल नजिकै रहेको र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका सबैजसो ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आइतवार, भदौ २९, २०७६