आर्थिक

  • आठ जलविधुत् आयोजनालाई ‘पोस्टपेड रेट’

    आठ जलविधुत् आयोजनालाई ‘पोस्टपेड रेट’

    काठमाडाैं । अर्थ मन्त्रालयले ५० करोड निकासा गरेपछि आठ जलविधुत आयोजनालाई पोस्टपेट दर पाउने भएका छन् । २०६८ सालमा तत्कालीन सरकारले २०७१ सालसम्म निर्माण सम्पन्न हुने आयोजनालाई पोस्टपेड दर दिने निर्णय गरेकोमा सो अवधिमा निर्माण सम्पन्न १५ आयोजनामध्ये ८ आयोजनाले चार बर्षको पोस्टपेड दर पाउने भएका हुन् ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

    आइतवार, साउन ६, २०७५
  • १ खर्ब ६० अर्बको इन्धन आयात

    १ खर्ब ६० अर्बको इन्धन आयात

    काठमाडौं – आर्थिक बर्ष २०७४ ७५ मा मुलुकले १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको पेटज्ञोलियम पदार्थ आयात गरेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै स्थानीय बजारमा खपतदर बढ्दै गएकाले यो बर्ष सो मूल्य बराबरको २७ लाख किलोलिटर इन्धन आयात भएको हो । मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा पर्ने गर्छ । आजको […]

    मङ्लबार, साउन १, २०७५
  • शोधनान्तरमा स्थितिमा केही सुधार

    शोधनान्तरमा स्थितिमा केही सुधार

    काठमाडाैं । चालु आर्थिक वर्षको एघार महीनामा शोधनान्तर स्थितिमा केही सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार दश महिनामा रु १८ अर्ब ९३ करोड रहेको शोधनान्तर घाटा एघार महिनामा रु चार अर्ब ३४ करोडमा सीमित रहेको छ । गत आवको जेठ मसान्तमा विदेशी विनिमय सञ्चिती रु १० खर्ब ९४ अर्ब पुगेको छ, जुन ९.६ […]

    मङ्लबार, साउन १, २०७५
  • प्रचण्डको निर्वाचन क्षेत्रमा डेढ अर्बको आयोजना

    प्रचण्डको निर्वाचन क्षेत्रमा डेढ अर्बको आयोजना

    चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन-३ मा डेढ अर्ब रुपैयाँ बराबरको दुई आयोजना निर्माणका लागि सम्झौता भएको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्रे सडक तथा ढल निर्माण कार्य आयोजनाका लागि सम्झौता भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । समाचार अनुसार, ढल निर्माण कार्यअन्तर्गत भरतपुृर महानगरपालिकामा रिङरोड […]

    शुक्रबार, असार २९, २०७५
  • अक्सिजनको मूल्य १२५ प्रतिशतसम्म वृद्धि

    अक्सिजनको मूल्य १२५ प्रतिशतसम्म वृद्धि

    काठमाडौं – बिरामीले प्रयोग गर्ने अक्सिजन ग्यास उत्पादन तथा विक्रीवितरणमा स्न्डििकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर १ सय २५ प्रतिशतसम्म मूल्य बढाएका छन् । मुलुकका विभिन्न १० वटा अक्सिजन ग्यास उत्पादक कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी मूल्य बढाएका हुन् । ती कम्पनीले साविकको २ सय रुपैयाँ मूल्यमा पाइने अक्सिजन ग्यास सिलिन्डरको मूल्य बढाएर ४ […]

    शुक्रबार, असार २९, २०७५
  • ४४ देशबाट आयात मात्र

    ४४ देशबाट आयात मात्र

    काठमाडौं – मुलुकको वैदेशिक व्यापार विस्तार हुँदै एक सय ५२ भन्दा धेरै देशमा पुगिसकेको छ । एक लाखभन्दा तलको व्यापार गर्ने मुलुकको संख्या दर्जनौं छन् । वैदेशिक व्यापारको तथ्यांक हेर्दा चाख लाग्दो विषय के छ भने, नेपालले व्यापार गर्ने एक सय ५२ मुलुकमध्ये ४४ देशसँग दुईपक्षीय व्यापार छैन । अर्थात ४४ मुलुकबाट नेपालले आयात मात्र […]

    शुक्रबार, असार २९, २०७५
  • त्रिशुली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

    त्रिशुली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

    रामहरि न्यौपाने । नुवाकोट । त्रिशूली जलविद्युत केन्द्रको उत्पादन गृहको बसबारमा विद्युत गढबढ हुँदा आगलागी भएको छ । जलविद्युत गृहबाट उत्पादन भएको विद्युतलाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आज अपरान्ह आगलागी भएको हो । आगलागीबाट बसबार पूर्ण रुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेकाले क्षतिको विवरण प्राप्त […]

    मङ्लबार, असार २६, २०७५
  • सुनको मूल्य बढ्यो

    सुनको मूल्य बढ्यो

    काठमाडौं–मंगलबार सुन तोलामा १०० रुपैयाँले बढेको छ । सुन तोलाको ५७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    मङ्लबार, असार २६, २०७५
  • आज नीति तथा कार्यक्रम सार्वजनिक हुने

    आज नीति तथा कार्यक्रम सार्वजनिक हुने

    काठमाडाैं । नेपाल धितोपत्र बोर्डले आज सोमबार पूँजी बजार र कमोडोटिज बजारबारे आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । नयाँ नीतिमा पूँजी बजारको नियमनमा थप कडाई र बजार विस्तारका कार्यक्रमहरु समेटिने बताइएको छ ।बोर्डले सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा संगठित क्षेत्रको सुशासन संहिता, धितोपत्र बजार सञ्चालन नियमावली निमार्ण लगायतका बिषय समेट्ने […]

    सोमवार, असार २५, २०७५
  • प्रशारण लाइन नबन्दा ८६ मेघावाट विजुली खेर जाँदै

    प्रशारण लाइन नबन्दा ८६ मेघावाट विजुली खेर जाँदै

    खविन लुईटेल । पाँचथर । पुर्वी पहाडी जिल्लामा काबेली करिडोर अन्तर्गत प्रसारण लाईन निर्माण नहुँदा उत्पादित विद्युत खेर जाने देखिएको छ । मेचीमा मात्रै विभिन्न आयोजनाले ८६ मेगावाट विद्युत उत्पादनको काम अन्तिम चरणमा पु¥याएका छन् । तर प्रसारण लाईन अभावमा आयोजनाहरु अन्यौलमा पुगेका हुन । केही दिनभित्रै उत्पादन प्रारम्भ गर्ने चरणमा पुगेका २५ मेगावाटको कावेली […]

    बुधबार, असार २०, २०७५