आर्थिक

  • नेपाल-भारत लगानी एक्स्पो शुरु

    नेपाल-भारत लगानी एक्स्पो शुरु

    काठमाडौं- ‘नेपाल-भारत लगानी एक्स्पो’ काठमाडौंमा शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दुतावास र भारतीय फ्रेन्चाईँज कम्पनीको संयुक्त आयोजनामा आजबाट एक्स्पो शुरु गरिएको हो । नेपालमा वैदेशिक लगानी भित्र्याउने मुख्य उद्देश्यका साथ प्रर्दशनी आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन । काठमाडौंको दरबारमार्गस्थित याक एन्ड यति होटलमा आयोजना गरिएको […]

    बुधबार, जेष्ठ १, २०७६
  • सामाजिक न्यायसहितको बजेट आउँछ-अर्थमन्त्री

    सामाजिक न्यायसहितको बजेट आउँछ-अर्थमन्त्री

    काठमाडौं–अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक न्यायसहितको बजेट ल्याउने बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको आज (शुक्रबार)को बैठकमा सरकारको आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सामाजिक न्याय सहितको समावेशी विकास र दीगो विकासका लक्ष्य हासिल गर्ने गरी बजेट तर्जुमा गर्ने बताए । संघीयता कार्यान्वनयमा हासिल गरेको उपलब्धिबाट शुसासन, विकास […]

    शुक्रबार, बैशाख २७, २०७६
  • आन्तरिक उत्पादन बढ्नेगरी बजेट ल्याउन राष्ट्र बैकको सुझाव

    आन्तरिक उत्पादन बढ्नेगरी बजेट ल्याउन राष्ट्र बैकको सुझाव

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिनु भएको हो । संघीय संसदको अर्थ समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको ‘प्रि […]

    बिहिबार, बैशाख २६, २०७६
  • सरकारको नीति तथा कार्यक्रम बकम्फुसे–देउवा

    सरकारको नीति तथा कार्यक्रम बकम्फुसे–देउवा

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले नीति तथा कार्यक्रममार्फत् राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको आरोप लगाएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘मेरो सरकार’ भनि राष्ट्रपति विद्या भण्डारीलाई नीति तथा कार्यक्रम सम्बोधन गर्न लगाएर सरकारले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको आरोप लगाउनु भएको हो । आईतबार सरकारले संघीय […]

    आइतवार, बैशाख २२, २०७६
  • काठमाडौंमा ‘सार्क चेम्बर अफ कमर्श’को बैठक सुरु

    काठमाडौंमा ‘सार्क चेम्बर अफ कमर्श’को बैठक सुरु

    काठमाडौं । काठमाडौंमा सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री कार्यकारिणी समितिको बैठक सुरु भएको छ । सार्क क्षेत्रको आर्थिक विकासमा सहकार्य गरेर अघि बढ्ने उद्देश्यका साथ सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीको ७७औं कार्यकारिणी समितिको बैठक आजबाट काठमाडौंको चन्द्रागिरीमा सुरु भएको हो । २ दिनसम्म चल्ने बैठकको उद्घाटन सभामुख कृष्णबहादुर महराले गर्नु भएको थियो । […]

    बिहिबार, बैशाख १९, २०७६
  • अनुदानको चामल बाटोमै बिक्री

    अनुदानको चामल बाटोमै बिक्री

    जाजरकोट । नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा पर्दछ । सर्मी डिपो ल्याउने चामल बाटोमै बिक्री भएपछि स्थानीयवासीले खाद्यान्न नपाएको बताएका छन् । […]

    बिहिबार, बैशाख १९, २०७६
  • कुखुराजन्य उत्पादनको खपत नहुँदा कृषक मारमा

    कुखुराजन्य उत्पादनको खपत नहुँदा कृषक मारमा

    काठमाडाैँ । कुखुराजन्य पदार्थको उत्पादन बढेपछि मूल्यमा अस्वभाविक गिरावट आएको छ । दानाको कच्चा पदार्थ र औषधिको मूल्यमा वृद्धि हुँदा कृषक विस्थापित हुने अवस्थामा पुगेका छन् । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न कृषक बाध्य भएका छन् । उहाँका अनुसार हाल अण्डाको लागत मूल्य प्रतिगोटा […]

    बुधबार, बैशाख १८, २०७६
  • नेपालमा लगानी गर्न राष्ट्रपति भण्डारीको चिनियाँ व्यापारीसँग आग्रह

    नेपालमा लगानी गर्न राष्ट्रपति भण्डारीको चिनियाँ व्यापारीसँग आग्रह

    बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तिले भेटवार्ता गर्नुभयो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको आयोजना गरिएकामा धन्यवाद दिँदै दुई मुलुक असल छिमेकी भएको र नेपालको विकासमा चीनले महत्वपूर्ण […]

    आइतवार, बैशाख १५, २०७६
  • चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशत हुने प्रक्षेपण

    चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशत हुने प्रक्षेपण

    काठमाडौ । चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार काठमाडौमा ‘आर्थिक वर्ष २०७५/७६ को राष्ट्रिय लेखा तथ्याङ्क’ सार्वजनिक गर्दे चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशत हुने प्रक्षेपण गरेको जानकारी दिएको हो । सरकारले भने चालू आर्थिक वर्षमा आठ प्रतिशत बढी […]

    शनिबार, बैशाख १४, २०७६
  • राष्ट्र बैक स्थापनाको ६४ वर्ष पुरा, कर्णाली प्रदेशका कार्यालय खोल्ने योजना

    राष्ट्र बैक स्थापनाको ६४ वर्ष पुरा, कर्णाली प्रदेशका कार्यालय खोल्ने योजना

    काठमाडौँ । नेपाल राष्ट्र बैकका गर्भनर डाक्टर चिरञ्जिवी नेपालले मुलुकमा राजनीतिक स्थायित्व संगै आर्थिक क्रियाकलापले गतिलिन थालेको बताएका छन् । नेपाल राष्ट्रबैकको ६४ औ बार्षिकोत्सवको अवसरमा सनिबार केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा गर्भनर डाक्टर नेपालले मुलुकमा उत्साहजनक आर्थिक परिदृश्य देखिएको बताए । उनले कृषि उत्पादनमा, उर्जा आपूर्ति, पून निर्माण तथा पर्यटन क्षेत्रमा भएको आशलाग्दो प्रगतिले […]

    शनिबार, बैशाख १४, २०७६