आर्थिक

  • सेयर लगानीकर्ताहरु आमरण अनसनमा

    सेयर लगानीकर्ताहरु आमरण अनसनमा

    काठमाडौं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा आमरण अनसन सुरु गरेका छन । सेयर बजार सुधार र बिस्तारको माग गर्दै एक साता अघिदेखि रिले अनसन सुरु गरेका उनीहरुको माग सरकारले सुनुवाई नगरेपछि काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्जेञ्च कार्यालयको मूलगेटमै आजबाट सेयर लगानीकर्ता दवाव समूहको तर्फबाट आमरण अनसन सुरु गरेको हो […]

    सोमवार, पुस २, २०७५
  • विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब

    विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब

    काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ । मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि जिएसए अरिमान लामाको इन्सेन्टिभ टुर्स प्रालिले बुझाएका ती चेक गायब पारिएका हुन् । स्रोतका अनुसार ट्राभल्स कम्पनी र विमानस्थल कार्यालयका कर्मचारीको मिलेमतोमा ती चेक गायब पारिएको हो । यो खबर आजको नागरिक […]

    शनिबार, मंसिर २९, २०७५
  • तलबबाहेक ८० प्रतिशत भत्ता माग गर्दै संसद्का कर्मचारी आन्दोलनमा

    तलबबाहेक ८० प्रतिशत भत्ता माग गर्दै संसद्का कर्मचारी आन्दोलनमा

    काठमाडौँ – तलबबाहेकको ८० प्रतिशत भत्ता र दैनिक खाजा खाना खर्च कटौटी गरिएको भन्दै संघीय संसद्का कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकै कारण शुक्रबारका लागि तया भएको १२ औँ संसद् दिवसको कार्यक्रम पनि स्थगित गरिएको छ । संसद्का कर्मचारीले गत साउनसम्म तलबबाहेक ८० प्रतिशत भत्ता र खाजा खाना खर्च बुझ्दै आएका थिए । दोस्रो संविधानसभाका […]

    शुक्रबार, मंसिर २८, २०७५
  • इतिहासमै धेरै पर्यटक : ११ महिनामै १० लाख नेपाल आए

    इतिहासमै धेरै पर्यटक : ११ महिनामै १० लाख नेपाल आए

    काठमाडौँ – मुलकुमा पर्यटक आगमन उत्साहजनक रुपमा बढेको छ । सन् २०१८ को ११ महिनासम्ममा १० लाख १ हजार ९ सय ३० पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो इतिहासमै धेरै पर्यटक आगमन हो । यो वर्ष मासिक औसत ९१ हजार ८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले दिएको तथ्याङ्क अनुसार यो संख्या […]

    शुक्रबार, मंसिर २८, २०७५
  • विराट मेडिकल कलेजको एमबीबीएसः निःशुल्क भन्दै १५ लाख असुल्दै

    विराट मेडिकल कलेजको एमबीबीएसः निःशुल्क भन्दै १५ लाख असुल्दै

    काठमाडौँ – विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ । विद्यार्थी र अभिभावकले निःशुुल्क छात्रवृत्तिमै शुल्क तिर्नुपरेको भन्दै हस्तक्षेप गर्न सरकार शिक्षामन्त्रीलाई आग्रह गरेका छन् । काठमाडौँ विश्वविद्यालयको छात्रवृत्तिअन्तर्गत छनोट भएका विद्यार्थीका अनुसार कलेजले अनिवार्य होस्टल र खानाबापत ५ वर्षमा ९ लाख ३० […]

    शुक्रबार, मंसिर २८, २०७५
  • ५० अर्बमाथिका आयोजना सोझै ठेक्का दिने तयारी

    ५० अर्बमाथिका आयोजना सोझै ठेक्का दिने तयारी

    काठमाडौँ – सरकारले ५० अर्ब रुपैयाँभन्दा बढी लागत र नयाँ प्रविधिमा आधारित आयोजनालाई प्रतिस्पर्धै नगराई प्रधानमन्त्री नेतृत्वको समितिले सोझै दिन सक्ने कानुन बनाउन लागेको छ । ‘राष्ट्रिय प्राथमिकता प्राप्त केही पूर्वाधार संरचना आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक’ मा ठूला आयोजनाको निर्माण सम्झौता सोझै गरिने र यसको निर्णय प्रधानमन्त्रीको अध्यक्षतामा बन्ने आयोजना निर्देशक समितिले गर्ने […]

    बिहिबार, मंसिर २७, २०७५
  • कागती मात्रै दुई अर्बको !

    कागती मात्रै दुई अर्बको !

    काठमाडौं – सरकारले कृषि तथा कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा मुलुकमा एक वर्षमै करिब दुई अर्ब रुपैयाँको कागती आयात भएको छ। राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार आर्थिक वर्ष ०७४–७५ मा भारतबाट दुई अर्ब १५ करोड रुपैयाँको कागती आयात भएको हो। केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत राजेन्द्र कोइरालाले यो तथ्यांक अझ धेरै हुन सक्ने बताए। […]

    बुधबार, मंसिर २६, २०७५
  • ‘आर्थिक विकासका लागि भारतसँग नयाँ तरिकाले सम्बन्ध विस्तार गर्नुपर्छ’

    ‘आर्थिक विकासका लागि भारतसँग नयाँ तरिकाले सम्बन्ध विस्तार गर्नुपर्छ’

    काठमाडौँ – नेपालका तर्फबाट भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्यले नेपाल भारतसम्बन्ध नयाँ तरिकाले अघि बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा आचार्यले नेपाल भारतको सम्न्ध नयाँ तरिकले सुमधुर गराउने आफ्नो भावी कार्ययोजना रहेको बताए । उनले भने नेपाल भारत सम्बन्ध सुमधुर नभएसम्म आर्थिक विकास सम्भव नहुने बताउँदै आथिर्ककरुपमा नेपालसँगको सम्बन्ध […]

    सोमवार, मंसिर २४, २०७५
  • फेरि अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने

    फेरि अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने

    काठमाडौं। सरकारले फेरि अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी थालेको छ । यसअघि गत साल १९ देखि २० फागुन २०७३ मा पहिलोपटक लगानी सम्मेलन गरिएको थियो । अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीका लागि नेपाल उपयुक्त गन्तव्य हो भन्ने विश्वास दिलाउन सरकारले फेरि अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न लागेको हो । सम्मेलन आउने मार्चको अन्तिम साता गर्ने तयारी भइरहेको लगानी […]

    बिहिबार, मंसिर २०, २०७५
  • नेपाल–भारत सिमाका ७ वटा भन्सार कार्यालयहरुमा प्रभु बैकको कारोबार शुरु

    नेपाल–भारत सिमाका ७ वटा भन्सार कार्यालयहरुमा प्रभु बैकको कारोबार शुरु

    काठमाडौँ । प्रभु बैंकले नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा काउण्टर खोली बैंकिङ कारोवार सुरु गर्ने भएको छ । झापाको भद्रपुर, सुनसरीको कोशी व्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा कार्यालय सुरु गर्न लागेको हो । ती कार्यालयहरुमा अर्को हप्ता देखि बैंकका काउण्टर सञ्चालनमा ल्याईने बैंकले जनाएको […]

    बुधबार, मंसिर १९, २०७५