आर्थिक

  • मोदी भ्रमणमा मनपरी खर्च

    मोदी भ्रमणमा मनपरी खर्च

    काठमाडौं – सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक अनुशासन र खर्चमा मितव्ययिता कायम गर्ने सरकारको प्रतिवद्धताविपरित अर्थ मन्त्रालयले मोदी भ्रमण व्यवस्थापनका क्रममा करिब ३० घण्टाको खर्च विभिन्न ९ वटा निकायलाई ६ करोड ३३ लाख ७३ हजार २ सय ७७ रुपैयाँ निकासा दिएको हो । वैशाख […]

    मङ्लबार, साउन ८, २०७५
  • राजधानीमा बढ्यो अबैध हुण्डीको कारोवार

    राजधानीमा बढ्यो अबैध हुण्डीको कारोवार

    लामो समयदेखि अबैध रुपमा हुण्डी कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गिरोहले विभिन्न मुलुकमा हुण्डी मार्फत रकम पठाउने गरेको विशेष सुराकीको आधारमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । महाशाखाले न्युरोड, पुतलीसडक, ताहाचल लगायतका स्थानमा छापामारी पाच हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ५३ लाख नगद र २३ लाख रुपिया […]

    मङ्लबार, साउन ८, २०७५
  • प्रधानन्यायाधीशको छोराको विहेमा ९० लाख खर्च !

    प्रधानन्यायाधीशको छोराको विहेमा ९० लाख खर्च !

    कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले छोराको बिहेको इन्गेजमेन्टमा मात्रै २० लाख र पूरा बिहेमा ९० लाख रुपैयाँ खर्च गरेको भन्दै उक्त रकमको स्रोतको खोजी भएको छ । प्रधानन्यायाधीश बन्ने प्रक्रियामा रहनुभएका जोशीविरुद्ध परेको उजुरीमा यो लगायत ५ वटा गम्भीर आरोप रहेको संघीय संसद् सचिवालय स्रोतले जनाएको छ । संघीय संसद् सचिबालयले संवैधानिक परिषद्को वैठकबाट प्रधानन्यायाधीशमा सिफारिस […]

    मङ्लबार, साउन ८, २०७५
  • आठ जलविधुत् आयोजनालाई ‘पोस्टपेड रेट’

    आठ जलविधुत् आयोजनालाई ‘पोस्टपेड रेट’

    काठमाडाैं । अर्थ मन्त्रालयले ५० करोड निकासा गरेपछि आठ जलविधुत आयोजनालाई पोस्टपेट दर पाउने भएका छन् । २०६८ सालमा तत्कालीन सरकारले २०७१ सालसम्म निर्माण सम्पन्न हुने आयोजनालाई पोस्टपेड दर दिने निर्णय गरेकोमा सो अवधिमा निर्माण सम्पन्न १५ आयोजनामध्ये ८ आयोजनाले चार बर्षको पोस्टपेड दर पाउने भएका हुन् ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

    आइतवार, साउन ६, २०७५
  • १ खर्ब ६० अर्बको इन्धन आयात

    १ खर्ब ६० अर्बको इन्धन आयात

    काठमाडौं – आर्थिक बर्ष २०७४ ७५ मा मुलुकले १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको पेटज्ञोलियम पदार्थ आयात गरेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै स्थानीय बजारमा खपतदर बढ्दै गएकाले यो बर्ष सो मूल्य बराबरको २७ लाख किलोलिटर इन्धन आयात भएको हो । मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा पर्ने गर्छ । आजको […]

    मङ्लबार, साउन १, २०७५
  • शोधनान्तरमा स्थितिमा केही सुधार

    शोधनान्तरमा स्थितिमा केही सुधार

    काठमाडाैं । चालु आर्थिक वर्षको एघार महीनामा शोधनान्तर स्थितिमा केही सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार दश महिनामा रु १८ अर्ब ९३ करोड रहेको शोधनान्तर घाटा एघार महिनामा रु चार अर्ब ३४ करोडमा सीमित रहेको छ । गत आवको जेठ मसान्तमा विदेशी विनिमय सञ्चिती रु १० खर्ब ९४ अर्ब पुगेको छ, जुन ९.६ […]

    मङ्लबार, साउन १, २०७५
  • प्रचण्डको निर्वाचन क्षेत्रमा डेढ अर्बको आयोजना

    प्रचण्डको निर्वाचन क्षेत्रमा डेढ अर्बको आयोजना

    चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन-३ मा डेढ अर्ब रुपैयाँ बराबरको दुई आयोजना निर्माणका लागि सम्झौता भएको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्रे सडक तथा ढल निर्माण कार्य आयोजनाका लागि सम्झौता भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । समाचार अनुसार, ढल निर्माण कार्यअन्तर्गत भरतपुृर महानगरपालिकामा रिङरोड […]

    शुक्रबार, असार २९, २०७५
  • अक्सिजनको मूल्य १२५ प्रतिशतसम्म वृद्धि

    अक्सिजनको मूल्य १२५ प्रतिशतसम्म वृद्धि

    काठमाडौं – बिरामीले प्रयोग गर्ने अक्सिजन ग्यास उत्पादन तथा विक्रीवितरणमा स्न्डििकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर १ सय २५ प्रतिशतसम्म मूल्य बढाएका छन् । मुलुकका विभिन्न १० वटा अक्सिजन ग्यास उत्पादक कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी मूल्य बढाएका हुन् । ती कम्पनीले साविकको २ सय रुपैयाँ मूल्यमा पाइने अक्सिजन ग्यास सिलिन्डरको मूल्य बढाएर ४ […]

    शुक्रबार, असार २९, २०७५
  • ४४ देशबाट आयात मात्र

    ४४ देशबाट आयात मात्र

    काठमाडौं – मुलुकको वैदेशिक व्यापार विस्तार हुँदै एक सय ५२ भन्दा धेरै देशमा पुगिसकेको छ । एक लाखभन्दा तलको व्यापार गर्ने मुलुकको संख्या दर्जनौं छन् । वैदेशिक व्यापारको तथ्यांक हेर्दा चाख लाग्दो विषय के छ भने, नेपालले व्यापार गर्ने एक सय ५२ मुलुकमध्ये ४४ देशसँग दुईपक्षीय व्यापार छैन । अर्थात ४४ मुलुकबाट नेपालले आयात मात्र […]

    शुक्रबार, असार २९, २०७५
  • त्रिशुली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

    त्रिशुली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

    रामहरि न्यौपाने । नुवाकोट । त्रिशूली जलविद्युत केन्द्रको उत्पादन गृहको बसबारमा विद्युत गढबढ हुँदा आगलागी भएको छ । जलविद्युत गृहबाट उत्पादन भएको विद्युतलाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आज अपरान्ह आगलागी भएको हो । आगलागीबाट बसबार पूर्ण रुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेकाले क्षतिको विवरण प्राप्त […]

    मङ्लबार, असार २६, २०७५