आर्थिक

  • दूर संचार सेवा प्रदायक संस्थाहरुले तीर्न बाँकी बक्यौता रकम महिना दिनमा असुल गर्न सरकारलाई निर्देशन

    दूर संचार सेवा प्रदायक संस्थाहरुले तीर्न बाँकी बक्यौता रकम महिना दिनमा असुल गर्न सरकारलाई निर्देशन

    काठमाडौ । संघीय संसदको अर्थ समितिले दूर संचार सेवा प्रदायक संस्थाहरुले तीर्न बाँकी २ अरव ९६ करोडभन्दा बढि बक्यौता रकम एक महिना भित्र असुल गरिसक्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले नौं वटा दूर संचार सेवा प्रदायक संस्थाहरुले तीर्न बाँकि बक्यौता रकम एक महिना भित्र असुल गर्न संचार तथा सूचना प्रविधि […]

    आइतवार, माघ २७, २०७५
  • निर्वाचन क्षेत्रमा बजेट नपठाए अनशन बस्ने सांसदकाे चेतावनी

    निर्वाचन क्षेत्रमा बजेट नपठाए अनशन बस्ने सांसदकाे चेतावनी

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्रका पार्टीका सांसद राजेन्द्र लिङ्देनले झापाको आफ्नो निर्वाचन क्षेत्रमा सरकारले नयाँ बजेट नपठाएको र अगाडिबाटै सञ्चालनमा रहेका बहुवर्षीय योजना पनि रोक्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले ती कार्यक्रमलाई तत्काल सुचारु नगरेमा र आफ्नो क्षेत्रलाई उपेक्षित गर्ने काम भए आफू अनशन बस्न पनि तयार रहेको […]

    शनिबार, माघ २६, २०७५
  • एनसेल र एक्जियटाबाट लाभकर असुल्न सर्वोच्चको परमादेश

    एनसेल र एक्जियटाबाट लाभकर असुल्न सर्वोच्चको परमादेश

    काठमाडौँ ।  सर्वोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा परमादेश दिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशले कर असुली गर्न परमादेश दिएको हो । सर्बोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा परमादेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको […]

    बुधबार, माघ २३, २०७५
  • कृषिका लागि ५ महिनामा सवा अर्बको विषादी आयात

    कृषिका लागि ५ महिनामा सवा अर्बको विषादी आयात

    काठमाडौं – सरकाले अर्गानिक खेतीलाई व्यवसायीकरण गर्ने लक्ष्य राखे पनि बर्सेनि अर्बौँ रुपैयाँको विषादी आयात भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार ५ वर्षको अवधिमा करिब ११ अर्ब रुपैयाँको विषादी आयात भएको छ । जलवायु परिवर्तनले नयाँ किराहरु देखिने, विगतका वर्षमा छरिएको विषादीले किराहरुमा विषादी पचाउन क्षमता बढ्ने लगायका कारणले आयात बढेको बढेको […]

    मङ्लबार, माघ २२, २०७५
  • बैंकमा सधैँ न्यून नगद, उच्च ब्याज

    बैंकमा सधैँ न्यून नगद, उच्च ब्याज

    काठमाडाैं – वाणिज्य बैंकहरूको निक्षेप तथा पुँजीमा कर्जाको अनुपात (सिसिडी रेसियो) तोकिएको सीमानजिक पुगेको छ । अहिले सरदर सिसिडी रेसियो ७७.२% को हाराहारीमा रहेको केन्द्रीय बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभाग प्रमुख महेश्वरलाल श्रेष्ठले जानकारी दिए । यद्यपि, दर्जनभन्दा बढी बैंकको सिसिडी रेसियो ७९ को हाराहारीमा छ, केही बैंकले ८०% को सीमारेखा पार गरिसकेका […]

    सोमवार, माघ २१, २०७५
  • विलासी वस्तु आयातमा बन्देज लगाउने तयारी

    विलासी वस्तु आयातमा बन्देज लगाउने तयारी

    काठमाडौं – चालु आर्थिक वर्षको मंसिरसम्म उच्च आयातका कारण वैदेशिक मुद्रामा चाप परेपछि सरकारले विलासी वस्तुको आयात रोक्ने तयारी गरेको छ। मुलुकको मौद्रिक जिम्मेवारी सम्हालेको राष्ट्र बैंकले आयात उच्च हुँदा मुलुकको शोधनान्तर बचत खुम्चिँदै गएको भन्दै विलासीसहित अन्य केही वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाउन सरकारलाई सुझाव दिएको हो। राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं अनुसन्धान विभाग […]

    सोमवार, माघ २१, २०७५
  • पेट्रोलियम पदार्थको मूल्य २–२ रुपैयाँका दरले बढ्याे

    पेट्रोलियम पदार्थको मूल्य २–२ रुपैयाँका दरले बढ्याे

    काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले बढाएको जानकारी दिएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेल ९७ रुपैयाँ प्रतिलिटर भएको छ । भारतीय […]

    आइतवार, माघ २०, २०७५
  • जोखिम न्यूनिकरणका लागि लघु विमा कम्पनी स्थापना गर्ने अर्थमन्त्रीको घोषणा

    जोखिम न्यूनिकरणका लागि लघु विमा कम्पनी स्थापना गर्ने अर्थमन्त्रीको घोषणा

    काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि उत्पादनमा हुने जोखिम न्यूनिकरणका लागि लघु विमा कम्पनी स्थापना गर्ने घोषणा गर्नु भएको छ । अर्थमन्त्री खतिवडाले कृषि उत्पादनमा जोखिम हुन नदिन लघु विमा कम्पनी खोलेर लघु विमा कार्यक्रम संचालन गर्न सहकारी संस्थाहरुलाई पनि आग्रह गर्नु भयो । उहाँले सहकारी संस्थाहरुलाई लघु विमा कार्यक्रम संचालन गर्नका लागि सरकारले […]

    बिहिबार, माघ १७, २०७५
  • प्रविधिको अभावले भन्सार चेकजाँच अव्यवस्थित भएको महानिर्देशकको स्पष्टिकरण

    प्रविधिको अभावले भन्सार चेकजाँच अव्यवस्थित भएको महानिर्देशकको स्पष्टिकरण

    काठमाडौ । भन्सार विभागले प्रविधिको अभावमा भन्सार चेकजाँच व्यवस्थित बनाउन नसकिएको स्पष्टिकरण दिएको छ । मुलुकमा चोरी निकासीका सामानहरु भित्रिने क्रम बढेको गुनासो आईरहेका बेला भन्सार बिभागका महानिर्देशक तोयम रायाले प्रविधिको अभावमा भन्सार नाकाहरुमा चेकजाँचको कामलाई व्यवस्थित बनाउन नसकिएको स्पष्टिकरण दिनु भएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले खुला सीमाका कारण पनि नेपालमा भारतबाट […]

    शुक्रबार, माघ ११, २०७५
  • राष्ट्र बैंकको निर्देशन अक्षरशः पालना गरः मन्त्री पोखरेल

    राष्ट्र बैंकको निर्देशन अक्षरशः पालना गरः मन्त्री पोखरेल

    काठमाडौं । कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले बैंक तथा वित्तिय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अक्षरशः पालना गर्न कडा निर्देशन दिएका छन्। कार्यबहाक प्रधानमन्त्री पोखरेलले विपन्न वर्ग, कृषि, उर्जा र पर्यटनको क्षेत्रमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएका हुन। बैंक तथा वित्तिय संस्थाहरुले कृषि, पर्यटन र उर्जा […]

    शुक्रबार, माघ ११, २०७५