अन्तर्राष्ट्रिय

  • चीनमा बनेको कण्डम साँघुरो भएको जिम्बाबेका स्वास्थ्यमन्त्री भनाई

    चीनमा बनेको कण्डम साँघुरो भएको जिम्बाबेका स्वास्थ्यमन्त्री भनाई

    एजेन्सी- जिम्बावेका स्वास्थ्यमन्त्री डेभिड परिरेन्यात्वाले चीनमा बनेको कण्डम अफ्रिकी मुलुकका पुरुषहरुका लागि निकै सानो भएको बताएका छन् । राजधानी हरारेमा आयोजना गरिएको एचआईभी र एड्स रोकथामसम्बन्धी कार्यक्रममा मन्त्री डेभिडले अफ्रिकाको दक्षिणी क्षेत्रमा यौनजन्य रोगको संक्रमण उच्च रहेको र आफुहरुले कण्डम प्रयोग गर्न प्रोत्साहन गरिरहेको उल्लेख गरे । अहिलेका युवाहरुले विशेष प्रकारका कण्डमहरु प्रयोग गर्न चाहने, […]

    शनिबार, मंसिर १४, २०७६
  • हङकङको मानवअधिकार सम्बन्धी विधेयक पारित

    हङकङको मानवअधिकार सम्बन्धी विधेयक पारित

    काठमाडौं । अमेरिकाकी संसदले हङकङको मानवअधिकार सम्बन्धी विधेयक पारित गरेको छ । हङकङमा प्रदर्शनकारीको समर्थनमा अमेरिकी संसद हाउस अफ रिप्रिजेन्टेटिभ्स्ले दुईवटा हङकङ मानवअधिकार तथा प्रजातन्त्र ऐन पारित गरेको हो । संसदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरका लागि विधेयक ह्वाइट हाउस पठाएको छ । बुधबार संसदमा हङकङ मानवअधिकार विधेयकको पक्षमा चार सय १७ मत खसेको थियो […]

    बिहिबार, मंसिर ५, २०७६
  • श्रीलंका सातौं राष्ट्रपतिका रुपमा राजपाक्षे निर्वाचित

    श्रीलंका सातौं राष्ट्रपतिका रुपमा राजपाक्षे निर्वाचित

    काठमाडौं । श्रीलंकाको सातौं राष्ट्रपतिको रुपमा गोताबाया राजपाक्षे निर्वाचित भएका छन् । सत्तारुढ न्यू डेमोक्रेटिक फ्रन्ट पार्टीका उम्मेदवार सजिथ प्रेमदासलाई पराजित गर्दै श्रीलंका पोडुजना पेरमुना पार्टीका गोताबाया राजपाक्षे राष्ट्रपति भएका हुन् । ५० प्रतिशत भन्दा बढी आवश्यक मत प्राप्त गर्दै राजापाक्षे राष्ट्रपतीय निर्वाचनमा विजयी भएका हुन् । सार्वजनिक गरिएको आधिकारिक नतिजा अनुसार राजापाक्षेले ५१ दशमलव […]

    आइतवार, मंसिर १, २०७६
  • ग्यास पाइपलाइन विष्फोट हुँदा ७ जनाको मृत्यु

    ग्यास पाइपलाइन विष्फोट हुँदा ७ जनाको मृत्यु

    ढाका । बंगलादेशको चट्टोग्राम शहरमा ग्यास पाइपलाइन विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । आइतबार बिहान चट्टोग्राम शहरको पथरघाट क्षेत्रमा भएको विस्फोटमा अन्य १५ जना घाइते भएका छन् । पथरघाट ब्रिक फिल्ड रोडस्थित पाँच तले बरुवा भवनको भुई तल्लामा रहेको ग्यास पाइपलाइन विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ । घाइतेहरुको चट्टोग्राम मेडिकल कलेज अस्पतालमा […]

    आइतवार, मंसिर १, २०७६
  • पाकिस्तानको सिन्ध प्रान्तमा चट्याङ लागेर २ं६ जनाको मृत्यु

    पाकिस्तानको सिन्ध प्रान्तमा चट्याङ लागेर २ं६ जनाको मृत्यु

    पाकिस्तानको दक्षिणपूर्वी सिन्ध प्रान्तमा चट्याङ लागेर २ं६ जनाको मृत्यु भएको छ । सिन्ध प्रान्तको थरपारकर र सांघर जिल्लाका विभिन्न ग्रामिण क्षेत्रमा भारी वर्षासहित आएको चट्याङले एक दर्जन भन्दा बढी जनावरहरु पनि मारिएका छन् । चट्याङबाट घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीले जनाएका छन् । थरपारकर जिल्लाका इस्लामकोट, मिठी, छाछ्रो, नगरपारकर, डिप्लोलगायतका क्षेत्रमा चट्याङ सहित […]

    शुक्रबार, कार्तिक २९, २०७६
  • महाभियोग प्रस्ताव ठट्टा रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

    महाभियोग प्रस्ताव ठट्टा रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

    काठमाडौं- आफूविरुद्ध प्रस्तुत गरिएको महाभियोग प्रस्तावअन्तर्गत अघि बढाइएको पहिलो सार्वजनिक सुनुवाइलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ठट्टाको सङ्ज्ञा दिएका छन् । उक्त सुनुवाइका क्रममा एक अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडनमाथि युक्रेनले गर्ने अनुसन्धानलाई प्राथमिकता दिएको आफूले सुनेको बताएका थिए । ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले उक्त सुनुवाइलाई ठट्टाको सङ्ज्ञा दिए । उनले भने, […]

    बिहिबार, कार्तिक २८, २०७६
  • इरानमा ५ दशमलव ९ रेक्टरको भूकम्प, पाँच जनाको मृत्यु, ३ सय बढी घाइते

    इरानमा ५ दशमलव ९ रेक्टरको भूकम्प, पाँच जनाको मृत्यु, ३ सय बढी घाइते

    एजेन्सी । इरानको उत्तरपश्चिमी क्षेत्रमा भूकम्प जाँदा पाँच जनाको मृत्यु भएको छ । शुक्रबार इरानको इस्टर्न आजरबैजान प्रान्तको टार्क काउन्टीमा केन्द्रविन्दु बनाई पाँच दशमलव नौ रेक्टरको भूकम्प गएको हो । स्थानीय अधिकारीले भूकम्पमा परी तीन सय जना भन्दा बढी घाइते भएका जनाएको छ । गम्भीर घाइते भएका १३ जनाको अस्पतालमा उपचार भइरहेको छ । इरानको […]

    शुक्रबार, कार्तिक २२, २०७६
  • बहस गरिरहेका वकिलको हृदयघातका कारण मृत्यु

    बहस गरिरहेका वकिलको हृदयघातका कारण मृत्यु

    एजेन्सी । भारतको इलाहाबाद उच्च अदालतमा बहस गरिरहेका एक वकिलको मृत्यु भएको छ। अमूल्य रतन श्रीवास्तव नाम गरेका वकिल बहस गरिरहेका बेला हृदयघात भई भुईँमा लडेका थिए। उनले कोर्ट नम्बर १९ मा एउटा मुद्दामा बहस गरिरहेका बेला हृदयघात भएको जनाइएको छ। घटनाबारे थप विवरणहरु भने आइसकेका छैनन्।

    बिहिबार, कार्तिक २१, २०७६
  • मालीकाे सैनिक कार्यालयमा हमला, ५३ सैनिकको मृत्यु

    मालीकाे सैनिक कार्यालयमा हमला, ५३ सैनिकको मृत्यु

    एजेन्सी । मालीको एउटा सैनिक कार्यालयमा भएको आक्रमणमा परी ५३ जना सैनिकको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा भएको यो आक्रमणलाई सरकारी अधिकारीहरुले आतङ्कवादी हमला भनेका छन् । इस्लामिक लडाकूले गरेको यो बर्षको सबैभन्दा ठूलो हमला हो । नाइजरसँगको सिमानामा पर्ने मेनका क्षेत्रको इन्डेलिमानमा रहेको सैनिक कार्यालयमा आक्रमण भएको त्यहांका सञ्चार मन्त्री याया सान्गारेले […]

    आइतवार, कार्तिक १७, २०७६
  • अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रक्रिया सुरु

    अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रक्रिया सुरु

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु हुने भएको छ । बिहिबार अमेरिकी प्रतिनिधि सभा हाउस अफ रिप्रिजेन्टेटिभ्स्ले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगको औपचारिक प्रक्रिया सुरु गर्ने प्रस्ताव स्वीकृत गरेको थियो । राष्ट्रपति ट्रम्पविरुद्ध सांसदहरूले महाभियोग प्रक्रियाका लागि मतदान गरेका थिए । मतदानमा महाभियोग प्रक्रिया अघि बढाउने पक्षमा दुई सय ३२ मत खसेको […]

    शुक्रबार, कार्तिक १५, २०७६