समाचार

  • मुस्ताङ दुर्घटनामा ज्यान गुमाएका २० जनाको शव पोखरा लगियो

    मुस्ताङ दुर्घटनामा ज्यान गुमाएका २० जनाको शव पोखरा लगियो

    पर्वत– हिमालपारिको जिल्ला मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनाका ज्यान गुमाएका २० जनाको शव पोखरा पठाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत आज बिहान दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका पाँच शव पोखरा पठाइएको हो । दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा शुक्रबार साँझ रात परेपछि […]

    शनिबार, असार २३, २०७५
  • नयाँ चिकित्सा शिक्षा विधेयक दर्ता

    नयाँ चिकित्सा शिक्षा विधेयक दर्ता

    काठमाडौं – सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक शुक्रबार संसद सचिवालयमा दर्ता गराएको छ । शिक्षा मन्त्रालयले विधेयक दर्ता गराएको हो । सरकारले एक साता अघि सचिवालयमा दर्ता गराएको चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक प्रतिपक्षी र डा. गोविन्द केसीको विरोधका कारण फिर्ता लिएको थियो । प्रतिस्थापन विधेयक अध्यादेशविपरीत आएको भन्दै विरोध भएको हो । प्रतिस्थापन विधेयक […]

    शनिबार, असार २३, २०७५
  • करोडौंको कोष बनाउँदै नेकपा

    करोडौंको कोष बनाउँदै नेकपा

    नेपाल – कम्युनिस्ट पार्टी (नेकपा) ले मासिक करोडौं जम्मा हुने गरी पार्टी कोष सञ्चालन गर्ने तयारी गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भइसके पनि नवगठित पार्टीका नाममा कोष सञ्चालन भने भइसकेको छैन । नेकपाले पार्टीका संगठित सदस्यहरुबाटै मासिक कम्तीमा ७ करोड रुपैयाँ लेबी उठाएर पार्टी चलाउने तयारी गरेको छ । तत्कालीन एमालेका […]

    शनिबार, असार २३, २०७५
  • केबलकार सम्भावनाः अनुमति कुर्दै २३ कम्पनी

    केबलकार सम्भावनाः अनुमति कुर्दै २३ कम्पनी

    काठमाडौं – नेपालका पहाडी भेगमा पर्यटन व्यवसायका लागि केबलकार कम्पनी सञ्चालनको अनुमतिका लागि २३ कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुमति मागेका छन् । नेपालमा केबलकारको सम्भावना देखिएपछि यी कम्पनीले पर्यटकीय स्थल रुट बनाएर सञ्चालन अनुमति मागेका हुन् । आजको राजधानी दैनिकमा समाचार छापिएको छ । अनुमति माग्ने कम्पनीको संख्या बढ्न सक्ने मन्त्रालयले अनुमान गरेको […]

    शनिबार, असार २३, २०७५
  • प्राण गए पनि प्रण तोड्दिनँः डा केसी

    प्राण गए पनि प्रण तोड्दिनँः डा केसी

    काठमाडौं – अनशनरत डा गोविन्द केसीले प्राण गए पनि चिकित्सा शिक्षा सुधारका लागि लिएको प्रण नतोड्ने बताएका छन् । जुम्लामा शुक्रबार पत्रकार सम्मेलन गर्दै डा केसीले पुरानै सम्झौताअनुसार आएको अध्यादेश हुबहु कार्यान्वयन नगरेसम्म अनशन बसिरहने बताएका हुन् । ‘१५औँ अनशनसम्म आइपुग्दा समेत पुरानै मागलाई बंगाएर सरकारले माफियामुखी विधेयक ल्याउन खोज्छ भने मेरो सत्याग्रह जारी रहन्छ, […]

    शनिबार, असार २३, २०७५
  • विद्यालयको लगत तयार गर्दै सरकार

    विद्यालयको लगत तयार गर्दै सरकार

    काठमाडौं – सरकारले ६३ जिल्लाका सबै विद्यालयको अवस्थाबारे अध्ययन गर्ने भएको छ । भूकम्पले क्षति बनाएका १४ जिल्लाबाहेक सबै जिल्लाका विद्यालयको अवस्थाबारे अध्ययन गर्न लागेको हो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले आगामी वर्ष विद्यालय भवनको अवस्था अध्ययन गर्न लागेको हो । विश्व बैंको सहयोगमा ६३ जिल्लाका विद्यालय भवनको अनुगमन गरी त्यसको अवस्थाबारे जानकारी […]

    शनिबार, असार २३, २०७५
  • नौबिसे–नागढुंगा सुरुङ मार्गको डिपिआर अध्ययन हुँदै

    नौबिसे–नागढुंगा सुरुङ मार्गको डिपिआर अध्ययन हुँदै

    काठमाडौं – नौबिसे–नागढुंगा सुरुङ मार्गको निर्माणकालागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) जापानी सहयोग नियोग (जाइका) पठाइएको सडक विभागले जनाएको छ । जापान सरकारको ऋण सहयोग बन्ने सुरुङ मार्ग निर्माणका लागि सहमति जुटाउन विभागले डिपिआर जाइका पठाइएको हो । कन्सल्टेन्टले बनाएको डिपिआरलाई विभागले पास गर्दै ऋण सहयोग लिन प्रकृया पुर्याउन आवश्यक रहेको भन्दै डिपिआरका बारेमा […]

    शनिबार, असार २३, २०७५
  • कांग्रेसले गर्यो प्रतिनिधि सभाको बैठक अवरुद्ध

    कांग्रेसले गर्यो प्रतिनिधि सभाको बैठक अवरुद्ध

    काठमाडौ । डाक्टर गोविन्द केसीको सन्दर्भमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसुचीमा नराखिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले विरोध गरेपछि आजको प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको छ । प्रतिनिधि सभा नियमावलीको नियम ७१ बमोजिम जरुरी सार्वजनिक प्रस्ताव दर्ता गराएपनि प्रस्ताव कार्यसुचीमा नपरेको भन्दै कांग्रेसले संसद अवरुद्ध गरेको हो । बैठक शुरु हुनसाथ कांग्रेसका प्रमुख […]

    शुक्रबार, असार २२, २०७५
  • (नेकपा ) भित्रै बिवाद चर्कियो

    (नेकपा ) भित्रै बिवाद चर्कियो

    काठमाडौ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र सरकारको काम कारबाहीप्रति असन्तुष्टि बढेको छ । संसदको सबैभन्दा ठूलो दल र दुई तीहाई बढी बहुमतको सरकार रहेपनि मन्त्रिहरुको काम प्रति पार्टी पंङती असन्तुष्ट देखिएको हो । मन्त्रीहरुको काम, उनीहरुको प्रतिक्रिया र व्यवहारका आधारमा मुल्याङकन गरि काम कारबाहि चुस्त बनाउन नेकपाका स्थायी कमिटि सदस्यहरुले पार्टी नेतृत्वलाई […]

    शुक्रबार, असार २२, २०७५
  • ट्राफिक  महाशाखाले चोरीको ३३ थान मोटरसाइक सवारी धनीलाई बुझायो

    ट्राफिक महाशाखाले चोरीको ३३ थान मोटरसाइक सवारी धनीलाई बुझायो

    काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाबाट चोरी भई पक्राउ परेका ३३ थान मोटरसाइकल आज सम्वन्धित सवारी धनीलाई बुझाएको छ । उपत्यकामा पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढेको भन्दै विशेष टोली बनाएर अनुगमन सुरु गरेको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकल चोरीका घटना बढ्न नदिन सवारी धनी आफै सचेत हुनुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको […]

    शुक्रबार, असार २२, २०७५