समाचार

  • ओली-नेपाल खटपटको मुख्य कारण यस्तो

    ओली-नेपाल खटपटको मुख्य कारण यस्तो

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जिल्ला नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी गरेको आरोप लगाउँदै माधव नेपाल पक्ष असन्तुष्ट बनेको छ । जिल्ला कमिटीहरुमा नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको नेपाल पक्षको आरोप छ । आजको नागरिकको पहिलो पृष्ठमा समाचार छापिएको छ । पार्टीभित्र आफूहरुलाई पेलेर […]

    बुधबार, भदौ १३, २०७५
  • मन्त्रालयको संख्या कति ? प्रधानमन्त्रीलाई नै थाहा छैन

    मन्त्रालयको संख्या कति ? प्रधानमन्त्रीलाई नै थाहा छैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार संसदलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर सम्मेलनको विषयमा संसदलाई जानकारी गराएका छन्। आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले विपक्षी दलले सरकारलाई तानाशाहीको संज्ञा दिँदै गलत प्रचार […]

    बुधबार, भदौ १३, २०७५
  • २० बर्षीया युवतीलाई सामूहिक बलात्कार गर्ने पाँच जना पक्राउ

    २० बर्षीया युवतीलाई सामूहिक बलात्कार गर्ने पाँच जना पक्राउ

    लहान । एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले पाँच जना युवा पक्राउ गरेको छ । रक्षाबन्धनको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिकास्थित अर्नाहामा लागेको मेला भरेर फर्किंदै गरेकी सप्तरीको खडक नगरपालिका–५ की २० बर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ निवासी […]

    बुधबार, भदौ १३, २०७५
  • बिमस्टेक शिखर सम्मेलनः तय भए १६ वटा एजेण्डा

    बिमस्टेक शिखर सम्मेलनः तय भए १६ वटा एजेण्डा

    काठमाडौं– आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालका खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनमा बिमस्टेक ग्रिडबारे हस्ताक्षर हुने भएको छ । विमस्टेक शिखर सम्मेलनको एजेण्डाका विषयमा छलफल गर्न मंगलबार काठमाडौंमा बसेको परराष्ट्र सचिव स्तरीय बैठकले विमस्टेक ग्रिडबारे सम्मेलनमा हस्ताक्षर गर्ने निर्णय गरेको हो । बैठकमा विमस्टेक शिखर सम्मेलनमा छलफल हुने १६ वटा एजेन्डा पनि तय […]

    बुधबार, भदौ १३, २०७५
  • पाल्पामा असारे रोपाईको भल्को दिने रोपाई जात्रा देखाइयो

    पाल्पामा असारे रोपाईको भल्को दिने रोपाई जात्रा देखाइयो

    पाल्पा । पाल्पाको तानसेन नगरपालिकामा परम्परागत रुपमा मनाईंदै आएको असारे रोपाईको भल्को दिने रोपाई जात्रा देखाइएको छ । भदौको झरीमा तानसेनका पक्की सडकहरुमा रोपाई गरेर शहरवासीलाई रोपाईको तिर्सना मेटाउने र परम्पराको जर्गेना गर्ने प्रयासस्वरुप हरेक वर्ष गाइजात्राको भोलिपल्ट रोपाईजात्रा मनाईने गरिन्छ । पञ्चेबाजाको तालमा भर्खरका युवा युवतीहरु रोपाहार, गोरु, हली, बाउसे बनेर दिनभरी नै तानसेनका पक्की […]

    मङ्लबार, भदौ १२, २०७५
  • राष्ट्रियसभा अन्तर्गतका चार समितिमध्ये तीन वटामा उम्मेदवारी, सभापतिहरुका लागि बुधवार निर्वाचन हुँने

    राष्ट्रियसभा अन्तर्गतका चार समितिमध्ये तीन वटामा उम्मेदवारी, सभापतिहरुका लागि बुधवार निर्वाचन हुँने

    काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका चार समितिमध्ये तीन वटामा उम्मेदवारी परेको छ। विधायन व्यवस्थापन समितिको सभापतिमा पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा डा रामनारायण बिडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापाको उम्मेद्वारी परेको हो। एकल उम्मेद्वारी परेकोमा तीनै जना निर्वाचित हुने निश्चित छ। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन […]

    मङ्लबार, भदौ १२, २०७५
  • बिम्स्टेकमा सहभागी हुन सदस्य राष्ट्रका प्रमुखहरु काठमाडौं आउनेक्रम सुरु

    बिम्स्टेकमा सहभागी हुन सदस्य राष्ट्रका प्रमुखहरु काठमाडौं आउनेक्रम सुरु

    काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका प्रमुखहरु काठमाडौं आउनेक्रम सुरु भएको छ । यही भदौ १४ र १५ मा काठमाडौंमा हुने सम्मेलनमा भाग लिन आज म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुगेका छन् । राष्ट्रपति मिन्टलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय […]

    मङ्लबार, भदौ १२, २०७५
  • कमला नदीमा दुई बालकको शव फेला

    कमला नदीमा दुई बालकको शव फेला

    सिरहा। कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला परेको छ । गोलबजार नगरपालिका–४ का १५ वर्षीय मन्जय महरा र सोही ठाउँका १४ वर्षीय राहुल राउतको शव फेला परेको हो । सिरहा औरही गाउँपालिका तुलसीपुरका १४ वर्षीय कृष्ण महतोको शव आइतबार नै फेला फेला परेको थियो । सिरहाको गोलबजारस्थित शिव मन्दिरमा चढाउनका लागि […]

    मङ्लबार, भदौ १२, २०७५
  • बिमस्टेक शिखर सम्मेलनको तयारी पूरा, सुरक्षा कडा

    बिमस्टेक शिखर सम्मेलनको तयारी पूरा, सुरक्षा कडा

    काठमाडौं । बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगकालागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन सम्पूर्ण तयारी पूरा भएको छ । शिखर सम्मेलनलाई लक्षित गरी रातारात सडक रंग्याइएका छन् भने सुरक्षा तयारी पनि कडा बनाइएको छ । सम्मेलनमा भाग लिन सदस्य राष्ट्रका प्रतिनिधि आजबाट नेपाल आउँनेछन् । सम्मेलनको सुरक्षार्थ प्रयोजनका लागि ४ वटै सुरक्षा निकायबाट करिव […]

    मङ्लबार, भदौ १२, २०७५
  • सबै मुलुकसँग नेपालको ब्यापारघाटा

    सबै मुलुकसँग नेपालको ब्यापारघाटा

    बिमस्टेकमा आवद्ध सबैजसो मुलुकसँग नेपालले ब्यापारघाटा ब्यहोरेको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालले भारतसँगको ब्यापारमा आर्थिक बर्ष २०७४÷०७५ मा ७ खर्ब ६४ अर्ब ३० करोड रुपैयाँको व्यापारघाटा बेहोरेको छ । गत आवमा नेपालले ८ खर्ब १० अर्ब ९० करोड रुपैयाँको सामान भारतबाट आयात गरेको छ भने ४६ अर्ब ६० करोड ४८ लाख […]

    मङ्लबार, भदौ १२, २०७५