समाचार

  • प्रहरीकाे छापा, ५१ युवतीको उद्दार

    प्रहरीकाे छापा, ५१ युवतीको उद्दार

    काठमाडौं । बुढानीलकण्ठको ‘रिह्याब’ सेन्टरमा प्रहरीले छापा मारेर ५१ जना युवतीको उद्दार गरेको छ । बिहीबार साँझ टेकुस्थित काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले छापा हानेर ती युवतीहरुको उद्दार गरेको हो । बोगटीका अनुसार रिह्याबका दुई सञ्चालक र दुई जना कामदारलाई पक्राउ समेत गरिएको छ । पक्राउ पर्ने सञ्चालकमा सन्तोष गौचन र […]

    शुक्रबार, पुस १३, २०७५
  • प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेरविरुद्ध ९ थान उजुरी

    प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेरविरुद्ध ९ थान उजुरी

    काठमाडौँ – संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराविरुद्ध ९ थान उजुरी परेको जनाएको छ । यसमा ८ थान व्यक्तिगत र १ सैद्धान्तिक उजुरी रहेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । समितिको सचिवालय सिंहदरबारमा बिहीबार बसेको बैठकले राणविरुद्ध परेका उजुरीबारे अध्ययनका लागि समितिका सदस्यहरुलाई वितरण गरको थियो ।

    शुक्रबार, पुस १३, २०७५
  • बम्जनको तपस्यास्थलबाट हराएकाको खोजी सुरु

    बम्जनको तपस्यास्थलबाट हराएकाको खोजी सुरु

    मकवानपुर । ‘लिटिल बुद्व’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनको तपस्यास्थलबाट हराएकाहरुको खोजी प्रहरीले तीब्र पारेको छ । उनीहरु बेपत्ता भएको भन्दै परिवारका सदस्यले उजुरी दिएपछि प्रहरीको सक्रियता बढेको हो । हराएकाहरुबारे परिवारसँग विस्तृत रुपमा बुझ्ने र बम्जनको तपस्यास्थलबारे तथ्यांक लिने काम भइरहेको प्रहरी उपरिक्षक बुद्विबहादुर गुरुङले बताए । यो खबर आजको कान्तिपुर दैनिकमा छ । […]

    शुक्रबार, पुस १३, २०७५
  • सरकारले आफ्नै लगानीमा उपत्यकाका लागि ३ सय विद्युतीय बस किन्ने

    सरकारले आफ्नै लगानीमा उपत्यकाका लागि ३ सय विद्युतीय बस किन्ने

    काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकाका लागि ३ सय विद्युतीय बस खरिद गर्ने निर्णय गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

    शुक्रबार, पुस १३, २०७५
  • सुमार्गीको ८४ करोड रुपैयाँ फुकुवा

    सुमार्गीको ८४ करोड रुपैयाँ फुकुवा

    काठमाडौं । राष्ट्र बैंकले स्रोत नखुलेको भनी रोक्का राखिदिएको व्यापारी अजेयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम सर्वोच्च अदालतले खोलिदिएको छ । उक्त रकम नरोक्न भन्दै सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायधीश दीपकराज जोशीको मंगलबारको एकल इजलासले ‘सुविधा र सन्तुलन’ को कारण देखाई पुस २४ गतेसम्म खाता सञ्चालनमा अवरोध […]

    शुक्रबार, पुस १३, २०७५
  • तीन सय विद्युतीय बस किन्ने सरकारको निर्णय

    तीन सय विद्युतीय बस किन्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले ३ सय विद्युतीय बस किन्ने निर्णय गरेको छ । यसैसाता बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारले ३ सय विद्युतीय बस खरिद गर्ने निर्णय गरेको बताए । उनले विद्युतीय बस सञ्चालनका लागि अधिकार सप्पन्न प्राधिकरण बनाउने जानकारी दिएका मन्त्री बास्कोटाले विद्युतीय वस काठमाडौं उपत्यकामा मात्र नभइ देशभर सञ्चालन गर्ने तयारी […]

    बिहिबार, पुस १२, २०७५
  • दुइ खेल बाँकी छँदै मनाङले जित्यो ए डिभिजन लिगको उपाधि

    दुइ खेल बाँकी छँदै मनाङले जित्यो ए डिभिजन लिगको उपाधि

    काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको २ खेल बाँकी छदै उपाधि जितेको छ । लिगको निर्णायक मानिएको खेलमा शीर्ष स्थानको मनाङले दोस्रो स्थानको संकटा क्लबलाई ३-१ गोलले हराउँदै उपाधि जितेको हो । पहिलो हाफमा २ मिनेट थपिएको इन्जुरी टाइमको पहिलो मिनेटमा मनाङले खेलमा अग्रता लियो। दोस्रो हाफको ८२ मिनेटमा मनाङले अग्रता दोब्बर […]

    बिहिबार, पुस १२, २०७५
  • जेठभित्र महाधिवेशन गर्न सिटौला पक्षको माग

    जेठभित्र महाधिवेशन गर्न सिटौला पक्षको माग

    काठमाडौँ । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलालले आगामी जेष्ठभित्र पार्टीको महाधिवेशन बोलाउन सभापति शेरबहादुर देउवासँग माग गर्नुभएको छ । बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे सिटौलाले तत्काल महाधिवेशन नबोलाए पार्टी कमजोर हुने भन्दै अर्ली महाधिवेशन बोलाउन माग गर्नुभएको हो । महाधिवेशन गर्न नसकिए संक्रमणकालिन प्रबन्धका आधारमा नयाँ नेतृत्व चयन गर्नुपर्ने सिटौलाको भनाइ छ । उहाले सभापति […]

    बिहिबार, पुस १२, २०७५
  • मेलम्ची आयोजनामा सरकारले खेलवाड गरेको भन्दै सांसदहरुले गरे आलोचना

    मेलम्ची आयोजनामा सरकारले खेलवाड गरेको भन्दै सांसदहरुले गरे आलोचना

    काठमाडौँ । साँसदहरुले मेलम्ची खानेपानी आयोजनाका बिषयमा खानेपानी मन्त्रालयले खेलवाड गरेको भन्दै चर्को आलोचना गरेका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रबिधि समितिको बैठकमा साँसदहरुले मेलम्ची खानेपानी आयोजनाको विद्यमान अवस्थाको बारेमा छलफल गर्दे खानेपानी आयोजनाका बिषयमा खानेपानी मन्त्रालयले खेलवाड गरेको आरोप लगाएका हुन् । बैठकमा सत्तारुढ दल नेकपा कै साँसद टोपबहादुर रायमाझीले […]

    बिहिबार, पुस १२, २०७५
  • प्रधानमन्त्रीले गरे धरहरा पुनर्निर्माणको शिलान्यास

    प्रधानमन्त्रीले गरे धरहरा पुनर्निर्माणको शिलान्यास

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । सुन्धारामा बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन् । भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पमा भत्किएको थियो । शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, […]

    बिहिबार, पुस १२, २०७५