समाचार

  • सुन पसल लुट्ने प्रयासमा संलग्न ६ जना पक्राउ

    सुन पसल लुट्ने प्रयासमा संलग्न ६ जना पक्राउ

    मोरङ प्रहरीले मोरङको सुन्दरहरैंचा १० मा रहेको शिव पाञ्चायन ज्वेलर्समा लुटने प्रयासमा संलग्न ६ जनालाई पक्राउ गरी आज सार्बजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आज उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो । प्रहरीले हतियार देखाई सुन पसल लुट्ने प्रयासमा संलग्न संखुवासभा सभापोखरी गापा ४ घर भई हाल इटहरी उपमहानगरपालिका २० तरहरामा डेरा […]

    बिहिबार, साउन १४, २०७८
  • अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्प

    अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्प

    काठमाडौँ– अमेरिकामा आज शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । स्थानीय समयानुसार भूकम्प दिउँसो सवा २ बजे गएको बताइएको छ । सामुद्रिक क्षेत्रमा भूकम्प गएको बताइएको छ । अहिलेसम्म कुनै मानवीय र भौतिक क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् ।

    बिहिबार, साउन १४, २०७८
  • कपाल झर्ने समस्या छ ? यी उपाय अपनाउनुस्

    कपाल झर्ने समस्या छ ? यी उपाय अपनाउनुस्

    काठमाडौं – उमेरले ३० कटेका अधिकाशं युवामा अहिलेको प्रमुख स्वास्थ्य समस्या हो कपाल झर्नु । यसरी जवानी मै कपाल झरेपछि पुरुषकालागि यो ठूलो चिन्ताको विषय बनेको छ । युवावस्थामै तालु नदेखियोस् भन्न पुरुषहरुले केहि घरेलु उपाय अपनाए कपाल झर्ने समस्या समाधान हुन्छ । १. अण्डामा प्रशस्त मात्रामा पाइने प्रोटिनले कपाललाई बाक्लो र बलियो बनाउँछ । […]

    बिहिबार, साउन १४, २०७८
  • लमजुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै

    लमजुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै

    लमजुङ– एचआइची एड्स सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेको छ । वैदेशिक रोजगार, असुरक्षित यौन सम्पक, यौन शिक्षाको कमी, एक भन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभी एड्स सङ्क्रमित मानिसको सङ्ख्या बढ्न थालेको हो । नेपाल सरकारलगायत जिल्ला स्वास्थ्य कार्यालयले एचआइभी एड्स रोकथाम प्रयास गरे पनि सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका […]

    बिहिबार, साउन १४, २०७८
  • ७७९ संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार गरिदै

    ७७९ संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार गरिदै

    काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७९ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ६११ कोरोना संक्रमितको आईसीयूमा र १६८ को भेन्टिलेटरमा गरी कुल ७७९ जना उपचाररत छन्। मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ११० जना आईसीयूमा र ४८ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी […]

    बिहिबार, साउन १४, २०७८
  • भारतमा थप ४३ हजार जनामा कोरोना भाइरस संक्रमण

    भारतमा थप ४३ हजार जनामा कोरोना भाइरस संक्रमण

    काठमाडौँ– भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा पछिल्लो समय फेरि बृद्धि हुदै गएको छ । केही दिन अगाडिसम्म ३५/४० हजारको हाराहारीमा रहेको दैनिक सङ्क्रमितको सङ्ख्या अहिले बढेर ४० हजारभन्दा बढी हुदै गएको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार ५०९ जना नयाँ सङ्क्रमित थपिएका हुन । सोही अवधिमा ३८ हजार […]

    बिहिबार, साउन १४, २०७८
  • जनप्रतिनिधिसहित जुवाको खालबाट १५ पक्राउ

    जनप्रतिनिधिसहित जुवाको खालबाट १५ पक्राउ

    सिमकोट – हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा बुधबार रङ्गेहात पक्राउ गरिएको हो । तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट १९ जनालाई […]

    बिहिबार, साउन १४, २०७८
  • प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

    प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

    काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज बिहान सत्तारुढ गठबन्धनको बैठक बस्ने भनिए पनि देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो । बुधबार बसेको सत्ता गठसत्ता गठबन्धनको बैठकले छिटो मन्त्रिपरिषद विस्तार गर्ने र मन्त्रीहरु टुंगो […]

    बिहिबार, साउन १४, २०७८
  • पुनर्वहालीको माग गर्दै अदालत पुगेका पूर्वमाओवादी नेताले दायर गरेको रिटको सुनुवाइ आज

    पुनर्वहालीको माग गर्दै अदालत पुगेका पूर्वमाओवादी नेताले दायर गरेको रिटको सुनुवाइ आज

    काठमाडौं– सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै पूर्वमाओवादीका चार नेताले सर्वाेच्च अदालतमा दायर गरेको रिटको आज (बिहीबार) सुनुवाइ हुँदै छ। नेकपा (माओवादी केन्द्र)को कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी परमादेशबाट सांसद पदमा पुनर्वहालीको माग गर्दै बुधबार सर्वोच्च पुगेका हुन्। ती रिटको आज पेसी तोकिएको सर्वोच्च […]

    बिहिबार, साउन १४, २०७८
  • बूढानीलकण्ठमा बस्दै कांग्रेस शीर्ष नेताको बैठक बस्दै

    बूढानीलकण्ठमा बस्दै कांग्रेस शीर्ष नेताको बैठक बस्दै

    काठमाडौं– नेपाली कांग्रेसको शीर्ष नेताको बैठक आज पनि बस्दै छ। दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठक महाधिवेशनको विषयमा केन्द्रित रहनेछ। आजको बैठकमा क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए। मंगलबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष पेश गरेको प्रतिवेदनमा अझै केही मिलाउन सकिने विषय रहेकाले त्यसलाई मिलाउन […]

    बिहिबार, साउन १४, २०७८