समाचार

  • लोक सेवा आयोगको परीक्षा अनिश्चितकालका लागि स्थगित

    लोक सेवा आयोगको परीक्षा अनिश्चितकालका लागि स्थगित

    काठमाडौं- लोक सेवा आयोगले आगामी कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने तयारी गरेकाे परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। आयोगले आज सूचना प्रकाशित गरी कोरोना भाइरसको महामारीका कारण जनाउँदै परीक्षा स्थगित गरिएकाे जानकारी दिएकाे हाे। आयोगबाट सञ्चालन हुने परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूमा सिर्जना भएको एवं आयोगका कर्मचारीहरूसमेत कोरोना भाइरसबाट संक्रमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरू बन्द […]

    सोमवार, कार्तिक ३, २०७७
  • दशैं बिदामा जिल्ला नछाड्न सीडीओ र सुरक्षा प्रमुखलाई गृह मन्त्रालयको निर्देशन

    दशैं बिदामा जिल्ला नछाड्न सीडीओ र सुरक्षा प्रमुखलाई गृह मन्त्रालयको निर्देशन

    काठमाडौं– गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो । गृहले चाडबाडको बेलामा मानिसको आवत-जावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय […]

    सोमवार, कार्तिक ३, २०७७
  • सिभिल अस्पतालमा उपचाररत कोरोना संक्रमितले अग्रिम पैसा जम्मा नगरी खाना नपाउने

    सिभिल अस्पतालमा उपचाररत कोरोना संक्रमितले अग्रिम पैसा जम्मा नगरी खाना नपाउने

    काठमाडौं- निजामती कर्मचारी अस्पतालमा उपचाररत कोरोना संक्रमितले क्यान्टिनमा नगद जम्मा गरेपछि मात्र खाना पाउने भएका छन्। अस्पतालले सोमबार एक सूचना जारी गर्दै कोरोना सङ्क्रमित भई उपचाररतले खानाको लागि क्यान्टिनमा अग्रिम रूपमा नगद जम्मा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको हो। ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार कोरोना सङ्क्रमण भई उपचार बिरामीहरुले कार्तिक २ गतेदेखि लागू […]

    सोमवार, कार्तिक ३, २०७७
  • आईपीएलको सट्टेबाजी खेलाउने ३ पक्राउ, २८ हजार ५ सय रुपैयाँ बरामद

    आईपीएलको सट्टेबाजी खेलाउने ३ पक्राउ, २८ हजार ५ सय रुपैयाँ बरामद

    मोरङ- संयुक्त अरब इमिरेट्स (युएई)मा जारी इन्डियन प्रिमयर लिग (आईपीएल) क्रिकेक खेलमा सट्टेबाजी खेलाउने ३ जनालाई मोरङबाट प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर नगरपालिका-१६ बस्ने ३७ बर्षीय पुरूषोत्तम साह, ३५ बर्षीय मन्जित साह र विराटनगर-१५ का २८ बर्षीय अपजर अली रहेका छन् । पक्राउ परेका तीनै जनाले आईपीएल क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको […]

    सोमवार, कार्तिक ३, २०७७
  • सेना नपुगेको ठाउँमा कोरोना संक्रमितको शव आफन्तले व्यवस्थापन गर्न सक्ने

    सेना नपुगेको ठाउँमा कोरोना संक्रमितको शव आफन्तले व्यवस्थापन गर्न सक्ने

    काठमाडौं- सरकारले नेपाली सेनाको टोली नपुगेको ठाउँमा कोरोना भाइरस संक्रमितको शव परिवारका सदस्य आफैंले पनि व्यवस्थापन गर्न सक्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले कोभिड-१९ संक्रमितको शव व्यवस्थापन परिवारका सदस्य आफैंले पनि गर्न सक्ने गरी नीति परिवर्तन गरिएको जानकारी दिएका हुन् । ‘कोभिड १९ को […]

    सोमवार, कार्तिक ३, २०७७
  • जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

    जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

    काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आजबाट काठमाडौंमा सुरु भएको छ । बिधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाज गत वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी बनेको थियो । त्यसयता बसेको यो दोस्रो केन्द्रीय कार्यकारिणी बैठक हो । बैठकमा पार्टीको आन्तरिक […]

    सोमवार, कार्तिक ३, २०७७
  • स्थानीय तहमा अस्पताल बनाउँदै सरकार, मंसिर १५ गते एकैसाथ शिलान्यास

    स्थानीय तहमा अस्पताल बनाउँदै सरकार, मंसिर १५ गते एकैसाथ शिलान्यास

    कााठमाडौं-सरकारले सबै स्थानीय तहमा निर्माण गर्न लागेको अस्पताल भवनको शिलान्यास आगामी मंसिर १५ गते एकैसाथ गर्ने भएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्नका लागि सबै स्थानीय तहमा ५ देखि १५ शैया सम्मको आधारभूत अस्पताल स्थापना गर्ने नीति अनुरुप अर्थमन्त्राल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच एकैपटक भवन शिलान्यास गर्ने सहमति भएको […]

    सोमवार, कार्तिक ३, २०७७
  • कोरोनालाई मध्यनजर गर्दै नास्टले बनायो यान्त्रिका रोबोट

    कोरोनालाई मध्यनजर गर्दै नास्टले बनायो यान्त्रिका रोबोट

    काठमाडौं-नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै रोबोट निर्माण गरेको छ । नास्टले आज एक कार्यक्रम गरी उक्त रोबोट सार्वजनिक गरेको छ । ‘यान्त्रिका कोरोना कम्प्याक’ नाम दिइएको उक्त रोबोटले कार्यालयमा पस्दा वा निस्कंदा हात जोडेर अभिवादन गर्ने, माक्स लगाएको नलगाएको छुट्याउने र नलगाएकोलाई मास्क दिने, सेनिटाइर दिने लागयतको काम गर्नेछ […]

    सोमवार, कार्तिक ३, २०७७
  • काठमाडौं उपत्यकामा २३८८ कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा २३८८ कोरोना संक्रमित थपिए

    काठमाडौं-काठमाडौं उपत्यकामा आज थप २ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २००८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जनामा कोरोना संक्रमण देखिएको हो । उपत्यकामा २ हजार ३८८ सहित मुलुकभर आज थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या […]

    सोमवार, कार्तिक ३, २०७७
  • पछिल्लो २४ घण्टामा २३३५ संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ९४ हजार नाघ्यो

    पछिल्लो २४ घण्टामा २३३५ संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ९४ हजार नाघ्यो

    काठमाडौं-पछिल्लो २४ घण्टामा २ हजार ३३५ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ । यस्तै कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको जानकारी दिएका हुन् […]

    सोमवार, कार्तिक ३, २०७७