समाचार

  • पार्वती बचाउन अभियान शुरु

    पार्वती बचाउन अभियान शुरु

    डोटी – जिल्लाको सायल गाउपालिका–३ बस्ने हरिपाल थापाकी ८ महिनाकी गर्भवती श्रीमती पार्वती विष्ट (थापा) फागुन १ गते घरनजिकैको जङ्गलमा घास काट्न गएको बेला भिरबाट लडेर गम्भीर घाइते भइन् । दूरदराजका महिलाहरुलाई सुत्केरी अवस्थामा जटिल अवस्थामा पुगे हेलिकप्टरको माध्यमबाट सरकारले सेवा प्रदान गर्दै सुरक्षित स्थानसम्म पु¥याउने बताइरहेका बेला डोटीको दुर्गम मानिने सायल गाउँपालिका क्षेत्रमा ज्यानसम्मको […]

    सोमवार, फाल्गुन ६, २०७५
  • समृद्धिको एक प्रमुख आधार बन्दै वन क्षेत्र

    समृद्धिको एक प्रमुख आधार बन्दै वन क्षेत्र

    काठमाडौँ – वर्तमान सरकारले सङ्कल्प गरेको मुुुलुक समृद्धिको नारालाई सार्थक तुल्याउन वन तथा वातावरण मन्त्रालयले अघि बढाएको ‘सुधार कार्ययोजना’ले अपेक्षाकृत उपलब्धि हासिल गरेको छ । वनमन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रको उचित व्यवस्थापनबाटै समृद्ध नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न मन्त्रालयको कार्यभार सम्हाले लगत्तै समयतालिकासहित ‘सुधार कार्ययोजना’ अघि सार्नुुभएको थियो । यस अवधिमा मन्त्रालयका सुधार कार्ययोजनाले समृद्धिको […]

    सोमवार, फाल्गुन ६, २०७५
  • ‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय

    ‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय

    सुर्खेत – ‘सिएनएन हिरो–२०१५’ बाट सम्मानित अमेरिकी नागरिक म्यागी डोयनको पहलमा वीरेन्द्रनगरमा प्रविधियुक्त विद्यालय भवन निर्माण गरिएको छ । कोपिला भ्याली समाजद्वारा सञ्चालित विद्यालयको नवर्निमित भवनको आइतबार कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गर्नुभयो । म्यागीकै नेतृत्वमा १० वर्षअघि कोपिला भ्याली समाज स्थापना भएको हो । जसले अनाथ, गरीब बालबालिकालाई शिक्षा प्रदान गर्नुका साथै असहाय […]

    सोमवार, फाल्गुन ६, २०७५
  • तीनदिन प्रजातन्त्र दिवस मनाइने

    तीनदिन प्रजातन्त्र दिवस मनाइने

    मोरङ – ६९औँ प्रजातन्त्र दिवस सोमबारदेखि तीनदिनसम्म विभिन्न कार्यक्रम गरी मनाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश समारोह समिति गठन गरिएको छ । समितिले तीन दिन सरकारी कार्यालय, औद्योगिक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान र निजी क्षेत्रका प्रतिष्ठानमा दीपावली, प्रभातफेरी, सरसफाइ गर्ने र बाल सुधारगृह तथा कोशी अञ्चल अस्पतालमा फलफूल वितरण गर्ने […]

    सोमवार, फाल्गुन ६, २०७५
  • मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सक्न एक भन्दा बढी नयाँ टेन्डर आह्वान गरिने

    मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सक्न एक भन्दा बढी नयाँ टेन्डर आह्वान गरिने

    काठमाडौं – मेलम्ची खानेपानी आयोजनाले बाँकी काम सम्पन्न गर्न एक साताभित्रै नयाँ टेन्डर आह्वान गर्ने भएको छ । अब गरिने टेन्डर कामको प्रकृतिअनुसार फरक–फरक हुनेछन् । सबै कामका लागि एक मात्रै टेन्डर गर्दा प्रक्रिया लामो र कामसमेत ढिलो हुने भएकाले एकभन्दा बढी टेन्डर आह्वान गर्ने आयोजनाको तयारी छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा […]

    सोमवार, फाल्गुन ६, २०७५
  • सडक छैन जनप्रतिनिधिलाई गाडी किन्न हतारो

    सडक छैन जनप्रतिनिधिलाई गाडी किन्न हतारो

    खाँदबारी – संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन । ठाडो खोलाबाट वरुण दोभानसम्म सात किलोमिटर ट्रयाक मात्रै खोलिएको छ । यो कच्ची बाटोमा हिउँदको केही महिना मुस्किलले गाडी कुद्छन् । गाउँपालिकाले भने ४० लाख ७५ हजार रुपैयाँमा स्कोर्पियो गाडी खरिद गरेको छ । चार वटा मोटरसाइकल किनेको छ ।‘गाउँपालिकाभरिको त कुरै छाडौँ, गाउँपालिका केन्द्रसम्म पनि […]

    सोमवार, फाल्गुन ६, २०७५
  • स्वास्थ्यमा समायोजन विवादः सामूहिक राजीनामा दिने सरकारी चिकित्सकको चेतावनी

    स्वास्थ्यमा समायोजन विवादः सामूहिक राजीनामा दिने सरकारी चिकित्सकको चेतावनी

    काठमाडौँ – सरकारले ल्याएको कर्मचारी समायोजन विद्येयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरुले तत्काल विद्येयक सच्याउन माग गरेको छ । सरकारी चिकित्सक संघ (गोदान)ले आइतबार पत्रकार सम्मेलन गर्दै आफूहरुले विरोधका बाबजुद प्रक्रिया अगाडि बढाइए सामूहिक राजीनामा दिने चेतावनीसमेत दिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।गोदानले एक साताका लागि आन्दोलनका कार्यक्रम तय गरेको छ । […]

    सोमवार, फाल्गुन ६, २०७५
  • जसलाई फेसबुकले मृत घोषणा गरिदियो

    जसलाई फेसबुकले मृत घोषणा गरिदियो

    काठमाडौं – गएको शनिबार दिउँसो २ बजेतिर फेसबुक चलाउन खोजेँ, चलेन । फेरि लगइन गर्न खोज्छु, चल्दैन । जति गर्दा पनि चल्दैन । मैले नेटमा केही समस्या भयो कि भनेर खासै ध्यान दिइनँ । अफिसमा जान हतार थियो । निस्किएँ । अफिसमा पनि फेकबुक चलेन ।त्यसमा रहेको ‘नोटिस आइकन’ बल्ल पढेँ । मेरो होस झन्डै […]

    सोमवार, फाल्गुन ६, २०७५
  • कोठा भाडा तिर्ने पैसा नभएपछि नातिको साथमा शौचालयको बास

    कोठा भाडा तिर्ने पैसा नभएपछि नातिको साथमा शौचालयको बास

    म्याग्दी – बेनी नगरपालिका, २ तमानेकी ७५ वर्षीय जमुना सुनार शौचालयमा बसेर दुई नातिलाई हुर्काइ पढाई गर्दै आएकी छिन् । सुकुमबासी परिवारकी जमुनासँग बस्ने घर छैन । दुई छोरालाई आफ्नो जिम्मा लगाएर उनका कान्दा छोराबुहारी बेखबर भएपछि वृद्धा जमुनाकाको काँधमा नौ र सात वर्षीय नातिहरुको पालनपोषणको जिम्मेवारी आइपरेको हो । गत मंसिरदेखि बगरफाँटको सरस्वती आधारभूत […]

    सोमवार, फाल्गुन ६, २०७५
  • जो डस्टबिनमा भेटिएका थिए

    जो डस्टबिनमा भेटिएका थिए

    काठमाडौं । करिब ६ महिनाअघि पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा एउटा बच्चा भेटिए। छिनमै खबर फैलियो। त्यसको सुइँको ‘नेपाल स्नेही काख’ नामक संस्थाले पनि पायो । र, बच्चाको अवस्था बुझ्न संस्थाको टोली पशुपति पुग्यो । डस्टबिनमा भेटिएको बालक करिब २० दिनका जस्ता देखिन्थे । ‘शरीर पूरै कालो बनेको थियो। रगत जमेजस्तो। आँखाबाहिरै निस्किएका थिए’, स्नेही […]

    सोमवार, फाल्गुन ६, २०७५