समाचार

  • स्वास्थ्य र शिक्षामा एनजीओको ४ अर्बः कसले कति खर्च गरे ?

    स्वास्थ्य र शिक्षामा एनजीओको ४ अर्बः कसले कति खर्च गरे ?

    काठमाडौं । नेपालका गैरसरकारी संस्थाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा मात्रै गतवर्ष चार अर्ब रुपैयाँ भन्दा बढी खर्च गरेका छन् ।, तर उपलब्धि भने शून्यप्राय छ । देशभर रहेको २ सय ९६ गैरसरकारी संस्थाले ४ अर्ब ३५ करोड ३९ लाख ९५ हजार ३ सय ६४ रुपैयाँ खर्चेको समाज कल्याण परिषद्को तथ्याङ्कले देखाउँछ ।, तर त्यसको अनुगमन […]

    सोमवार, फाल्गुन ६, २०७५
  • विवाहको १९ वर्षपछि बल्ल नागरिकता

    विवाहको १९ वर्षपछि बल्ल नागरिकता

    काठमाडौं । सर्लाहीकी एक महिलाले विवाह गरेको १९ वर्षपछि पतिको नामबाट नागरिकता पाएकी छन् । लालबन्दी २ जुटपानीकी ३५ वर्षीया आशाकुमारी देवीले आइतबार इलाका प्रशासन कार्यालय हरिवनबाट नागरिकता लिएकी हुन् । जति भन्दा पनि श्रीमान र ससुराले नागरिकता बनाइृदिन नमानेपछि मानवअधिकारवादी र पत्रकारको सहयोगमा नागरिकता पाउन सफल भएको आशाकुमारीले बताइन् । नागरिकता पाएपछि उनले जग्गा […]

    सोमवार, फाल्गुन ६, २०७५
  • न्यायिक समितिमा जग्गा विवादको उजुरी धेरै

    न्यायिक समितिमा जग्गा विवादको उजुरी धेरै

    काठमाडौँ । टोखा नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ । समिति गठन भएयता ४३ उजुरी दर्ता भएकामा जग्गा विवादको २१ वटा उजुरी परेको छ । अधिकांश उजुरी साँध सिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलन गरेको एउटाको जग्गा अर्काले मिचेको जस्ता उजुरी नगरपालिकाको न्यायिक समितिमा पर्ने गरेको उपप्रमुख ज्ञानमाया डङ्गोलले बताउनुभयो […]

    आइतवार, फाल्गुन ५, २०७५
  • एफएम रेडियो र टेलिभिजनहरुलाई प्रजातन्त्र दिवसको सूचनामूलक सामग्री प्रशारण गर्न सरकारको आह्वान

    एफएम रेडियो र टेलिभिजनहरुलाई प्रजातन्त्र दिवसको सूचनामूलक सामग्री प्रशारण गर्न सरकारको आह्वान

    सरकारले फागुन ७ गते ६९औं प्रजातन्त्र दिवसको दिन प्रजातन्त्र दिवससम्बन्धि सूचनामूलक सामग्री प्रशारण गर्न देशभरका सबै एफएम रेडियो र टेलिभिजनहरुलाई आह्वान गरेको छ । ६९औं प्रजातन्त्र दिवस मूल समारोह समिति अन्तरगतको प्रचार–प्रसार उपसमितिको आज सिंहदरबारमा बसेको बैठकले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन देशभरका सबै सरकारी तथा निजी संचार माध्यामहरुलाई प्रजातन्त्र दिवससम्बन्धि सूचनामूलक सामग्री प्रशारण […]

    आइतवार, फाल्गुन ५, २०७५
  • (राप्रपा)बाट सरकारविरुद्ध आन्दोलनको घोषणा

    (राप्रपा)बाट सरकारविरुद्ध आन्दोलनको घोषणा

    काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दै फागुन १५ देखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा थाल्ने भएको छ । राप्रपा अध्यक्ष कमल थापाले आज काठमाडौमा पत्रकार सम्मेलन गर्दै फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीलाई २२ बुँदे मागपत्र बुझाएर आन्दोलनको सुरुवात गर्ने बताउनुभयो । राप्रपाले काठमाडौं उपत्यका बाहिर पनि ७४ […]

    आइतवार, फाल्गुन ५, २०७५
  • सरकारी चिकित्सकहरुको सामूहिक राजीनामा दिने चेतावनी

    सरकारी चिकित्सकहरुको सामूहिक राजीनामा दिने चेतावनी

    काठमाडौ । सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरुले आईतवार सामूहिक राजीनामा दिनेलगायतका सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका छन । सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयक सच्याउन सरकारलाई बाध्य पार्न सामूहिक राजीनामा दिने लगायतका एक हप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित कार्यक्रममा सो विधेयक सच्याउन […]

    आइतवार, फाल्गुन ५, २०७५
  • कांग्रेसको विरोधका बावजुद संबैधानिक आयोगका अध्यक्षहरुको सुनवाई प्रक्रिया सुरु

    कांग्रेसको विरोधका बावजुद संबैधानिक आयोगका अध्यक्षहरुको सुनवाई प्रक्रिया सुरु

    काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुद संबैधानिक आयोगका अध्यक्षहरुको सुनवाई प्रक्रिया अगाडि बढेको छ । सिंहदरबारमा आईतवार बसेको संसदीय सुनवाई समितिको बैठकले कांग्रेस सांसदहरुको बहिष्कारका बावजुद सुनवाई प्रक्रिया अगाडि बढाएको हो । माघ ६ गते संबैधानिक परिषद्ले ५ वटा संवैधानिक आयोगका अध्यक्षहरुको नाम सिफारिस गरेको थियो । संवैधानिक परिषद्को उक्त बैठकमा प्रमुख […]

    आइतवार, फाल्गुन ५, २०७५
  • चट्याङ लागेर एकको मृत्यु, १० घाइते

    चट्याङ लागेर एकको मृत्यु, १० घाइते

    पाँचथर – शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् । घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा सिफारिश […]

    आइतवार, फाल्गुन ५, २०७५
  • कुष्ठरोगका वर्षेनी तीन हजार नयाँ बिरामी थपिदैँ

    कुष्ठरोगका वर्षेनी तीन हजार नयाँ बिरामी थपिदैँ

    काठमाडौँ– सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको एक दशक बित्न लागे पनि वर्षेनी यो रोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन् । कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि पनि दाग नदेखिँदा रोगले हातखुट्टालगायतका अङ्गमा असर गरेपछि मात्रै बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छन् । कुष्ठरोग लाग्नासाथ अधिकांशमा शुरुमा रातो वा फुस्रो रङ्गको दाग र […]

    आइतवार, फाल्गुन ५, २०७५
  • ‘लुट्न सके लुट कान्छा’ हटेपछि तातेको सामाजिक सञ्जाल

    ‘लुट्न सके लुट कान्छा’ हटेपछि तातेको सामाजिक सञ्जाल

    काठमाडौं– लोक गायक पशुपति शर्माले आफ्नो पछिल्लो गीत ‘लुट्न सके लुट कान्छा’ सामाजिक सञ्जाल यु–ट्युबबाट हटाएपछि सामाजिक सञ्जालमा अनेकथरी टिप्पणी आएका छन् । विहीबारमात्र सार्वजनिक भएको व्यंग्यात्मक गीत दुई दिन नवित्दै शनिबार युट्युबाट गायक पशुपति शर्माले हटाएका हुन् । तर उनका फ्यानहरुले भने गीत फेसबुक र युट्युबमै भाइरल बनाएका छन् । उनले कसैलाई आक्षेप नलगाई […]

    आइतवार, फाल्गुन ५, २०७५