समाचार

  • टेनिस डबल्सको उपाधि जापानी टोलीलाई

    टेनिस डबल्सको उपाधि जापानी टोलीलाई

    कास्की – अन्तर्राष्ट्रिय टेनिस महासङ्घको आयोजना तथा कास्की जिल्ला टेनिस सङ्घको संयोजनमा पोखरामा जारी १८ वर्षमुनिको आइटिएफ टेनिस प्रतियोगितामा पुरुष डबल्सतर्फको उपाधि जापानका गेनी इनोक र केइजु मियाकेको जोडीले हात पारेको छ । पोखरा रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा हङकङकका केल लोक इन ताङ र इन्डोनेशियाका जेराल यासिनको जोडीलाई ६–३, ७–६ को सेटमा पराजित गर्दै […]

    शनिबार, फाल्गुन ४, २०७५
  • सरुवा सङ्घीय सरकारबाट गर्न माग

    सरुवा सङ्घीय सरकारबाट गर्न माग

    काठमाडौं – नेपाल जनस्वास्थ्य सङ्घले स्वास्थ्य सेवामा कार्यरत अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीको सरुवा, पदस्थापन सङ्घीय सरकारबाट गर्न माग गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै सात वटै प्रदेशका सामाजिक विकासमन्त्रीमार्फत प्रदेश मुख्यमन्त्रीको कार्यालयबाट दशौँ तहसम्मका कर्मचारीको सरुवा तथा पदस्थापन गर्नसक्ने अधिकार प्रत्यायोजन गरेको थियो । सङ्घका महासचिव महेश्वर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा लोकसेवा आयोगको प्रक्रियामार्फत […]

    शनिबार, फाल्गुन ४, २०७५
  • जीपको ठक्करबाट बालकको मृत्यु, चालक फरार

    जीपको ठक्करबाट बालकको मृत्यु, चालक फरार

    सम्राट सिंह बझाङ – जीपको ठक्कर बाट दश बर्षिया बालकको मृत्यु भएको छ । सदरमुकाम चैनपुरबाट तल्कोट जाँदै गरेको से १ ज ६६४० नम्बरको जीपको ठक्करबाट तल्कोट २ का  किथ्थु कुवरका दश बर्षिय छोरा महेश कुँवरको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जीप चालक नरेश बोहरा फरार रहेको प्रहरीले जनाएको छ । […]

    शनिबार, फाल्गुन ४, २०७५
  • प्याराग्लाइडिङका लागि बागलुङ उपयुक्त

    प्याराग्लाइडिङका लागि बागलुङ उपयुक्त

    बागलुङ – प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्टमध्येको एक स्थान मानिएको पोखराको सरङ्कोटको विकल्प बागलुङ बन्ने सम्भावना देखिएको छ । गत मङ्गलबार बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । बिहीबार पुनँ पाँच प्याराग्लाइडिङको यहाँ सफल उडान गरेका थिए । लामो समयदेखिका अनुभवी पाइलट टेकबहादुर थापा, लक्ष्मण सुनुवार, सागर राउत, आकाश क्षेत्री, प्रदीप ब्लनले बलेवाको आकाशमा दोस्रो […]

    शनिबार, फाल्गुन ४, २०७५
  • चार ‘प्रो कार्ड’का लागि २० खेलाडीको प्रतिस्पर्धा

    चार ‘प्रो कार्ड’का लागि २० खेलाडीको प्रतिस्पर्धा

    काठमाडौं – नेपालमा पहिलोपटक हुन लागेको (आइएफबिबी) फ्रोफेसनल लिग नेपाल बडी बिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर)मा चार प्रो कार्डका लागि स्वदेशी र विदेशी गरी २० खेलाडीले सहभागिता जनाउने भएका छन् । आजबाट हुने प्रतियोगिताका तयारीबारे शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक बडिविल्डीङको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफबिबी) नेपाल च्याप्टरले उक्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिपका लागि नेपालसहित सात मुलुकका खेलाडी काठमाडौँ […]

    शनिबार, फाल्गुन ४, २०७५
  • महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा

    महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा

    काठमाडौं – एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । प्रालिले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलतालाई निन्तरता दिन र अझै प्रतिस्पर्धी बनाउन आगामी चैत १ देखि ९ गतेसम विराटनगरमा टि–२० प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ । विराटनगरस्थित वैज्यनाथपुरको क्रिकेट मैदानमा हुने प्रतियोगितामा […]

    शनिबार, फाल्गुन ४, २०७५
  • जनताले अनुभूति गर्ने काम गर्न सुझाव

    जनताले अनुभूति गर्ने काम गर्न सुझाव

    तनहुँ – गण्डकी प्रदेश सरकार गठनको वर्षदिन पूरा भएको अवसरमा तनहुँका राजनीतिक दलका नेता, नागरिक समाज र व्यवसायीले जनताले अनुभूति गर्ने खालका कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको छ । उहाँहरुले एक वर्षको अवधिमा भएको प्रगतिलाई संस्थागत गर्दै थप नमूना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला नेता श्रीप्रसाद श्रेष्ठले […]

    शनिबार, फाल्गुन ४, २०७५
  • आचारसंहिता उल्लङ्घनका ३९३ घटना

    आचारसंहिता उल्लङ्घनका ३९३ घटना

    काठमाडौं – प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता उल्लङ्घनका ३९३ घटना भएको जनाएको छ । गत २०७४ फागुनदेखि २०७५ माघसम्म १४९ उजुरी र काउन्सिलको स्वअनुगमनमा पत्रकार आचारसंहितासम्बन्धी २४४ घटना उल्लङ्घन गरिएको फेला पारेको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभयो । उल्लङ्घन गरिएका मध्ये उजुरीमा छापा माध्यम ६७ र विद्युतीय माध्यम ८२ तथा फेला […]

    शनिबार, फाल्गुन ४, २०७५
  • अख्तियार आयुक्त पाठकबाट राजीनामा

    अख्तियार आयुक्त पाठकबाट राजीनामा

    काठमाडौँ । राष्ट्रपति कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आफ्नो पदबाट राजीनामा दिनुभएको जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीकाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आयोगका आयुक्त पाठकले आजदेखि लागू हुने गरी राजीनामा दिनुभएको छ । आर्थिक लेनदेनसम्बन्धी विवादमा मुछिएपछि आयुक्त पाठकले राजीनामा दिनु भएको हो । तर उहाँको राजीनामा स्वीकृत भने भएको […]

    शुक्रबार, फाल्गुन ३, २०७५
  • सरकारले सन्तोषजनक काम गरेको छः प्रदेश नं १ का प्रमुख

    सरकारले सन्तोषजनक काम गरेको छः प्रदेश नं १ का प्रमुख

    विराटनगर । प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले एक वर्षका अवधिमा प्रदेशमा भएका कामको सराहना गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट  आयोजित ‘प्रदेश सरकारको एकवर्षे उपलब्धि सार्वजनिकीकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेसम्म भएका कामप्रति जनता उत्साहित छन् भन्नुभयो । उहाँले जनताका चाहना र आवश्यकतामा केन्द्रित भएर काम गरेमा प्रदेशलाई समृद्ध र […]

    शुक्रबार, फाल्गुन ३, २०७५