समाचार

  • कानून निर्माताहरुलाई कानून नलाग्ने हो ? खै त खर्च विवरण ?

    कानून निर्माताहरुलाई कानून नलाग्ने हो ? खै त खर्च विवरण ?

    श्रीकृष्ण सुवेदी, काठमाडाैं – राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश अनुसार चुनाव भएको एक महिनाभित्र बुझाउनुपर्ने खर्च विवरण ९ महिना हुंदा सम्म सांसदले नै अवज्ञा गरेका छन् । सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपादेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदलले नै निर्वाचन कानूनको धज्जी उडाउँदै ३० दिनभित्र बुझाउनुपर्ने खर्च विवरण बुझाएका छैनन् । निर्वाचन आयोगका […]

    मङ्लबार, भदौ २६, २०७५
  • दुई छोरा झुड्याएर आमाद्वारा आत्महत्या, डोरी चुँडिदा जेठो छारा बाँचे  

    दुई छोरा झुड्याएर आमाद्वारा आत्महत्या, डोरी चुँडिदा जेठो छारा बाँचे  

    मोरङ । मोरङको बुढीगंगा गाउँपालिका २ की २९ वर्षीया कविता यादवले सोमबार दुई छोरालाई पासो लगाएर आत्महत्या गरेकी छिन् । झुन्डाइएका दुईमध्ये १० वर्षीय जेठा छोरा निशान भने डोरी चुँडिएर बाँचेका छन् । पाँच वर्षीय अमनको भने भृत्यु भएको मोरङ प्रहरीले प्रमुख एसपी मनोजकुमार केसीले बताए । प्रहरी घटनास्थल पुग्दा कविता र कान्छा छोरा अमनको […]

    मङ्लबार, भदौ २६, २०७५
  • निर्मला हत्या: छानविन गर्ने उच्चस्तरीय समितिका सदस्यले नै गरे ज्यान सुरक्षाको माग !

    निर्मला हत्या: छानविन गर्ने उच्चस्तरीय समितिका सदस्यले नै गरे ज्यान सुरक्षाको माग !

    कञ्चनपुर — कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्ने उच्चस्तरीय सरकारी समितिका एक सदस्यले राजीनामा गर्दै आफ्नो ज्यानको सुरक्षाको माग गरेका छन् । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् । समितिमा प्रदेश ७ को अन्तरिक मामिला […]

    मङ्लबार, भदौ २६, २०७५
  • ट्राफिक प्रहरीको नयाँ शैलीः नम्र बोली मीठो कारबाही !

    ट्राफिक प्रहरीको नयाँ शैलीः नम्र बोली मीठो कारबाही !

    तपाई सवारीसाधन लिएर चलाएर सिद्धार्थ राजमार्गमा पोखराबाट बुटवल, बुटवलबाट पोखरा र स्याङ्ज्याका विभिन्न सडकमा हिँड्दै हुनुहुन्छ ? जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्याले यदि चालकले ट्राफिक नियम पालना गरे नम्र बोली र नियम उल्लंघन गरे मीठो कारबाही गर्ने रणनीतिक अपनाउने भएको छ । सवारी चालकले ट्राफिक नियम पालना गरे हामी उनलाई सम्मानसहित नम्र बोल्छौँ, स्याङ्ज्या ट्राफिक […]

    मङ्लबार, भदौ २६, २०७५
  • सडक छेउमा उत्तानो परेको बसमाथि जब यसरी प्रहरी चढे…

    सडक छेउमा उत्तानो परेको बसमाथि जब यसरी प्रहरी चढे…

    नारायण खड्का, तनहुँ  सोमबार दिउँसो डुम्रे बेशीशहर सडक खण्डमा ग १ ख ४४४५ नम्वरको बस दुर्घटना भयो । तनहुँको भानु–३ तुरतुरेमा भएको उक्त दुर्घटनामा भानु–१ सालबिस्ने बस्ने २७ वर्षीय ज्ञानबहादुर तामाङ्गको ज्यान गयो भने अन्य ९ जना घाइते भए । दुर्घटनामा परी गम्भिर घाइते भएका सहचालक तामाङ्गको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो […]

    मङ्लबार, भदौ २६, २०७५
  • यात्रुबहाक बस एकआपसमा ठोक्किंदा १९ जना घाइते

    यात्रुबहाक बस एकआपसमा ठोक्किंदा १९ जना घाइते

    वैतडी । महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डको बांगाबगर नजिक भएको सवारीसाधन दुर्घटनामा १९ जना यात्रु घाइते भएका छन् । हिजो अपरान्ह विपरित दिशातिरबाट आउँदै गरेका दुई वटा यात्रुवहाक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । महेन्द्रनगरबाट दार्चुलाका लागी छुटेको ना ६ ख ७४२० बस र गन्नाबाट महेन्द्रनगरका लागी छुटेको ना ४ ख ७५४७ […]

    मङ्लबार, भदौ २६, २०७५
  • प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र अनुमोदन

    प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र अनुमोदन

    काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओम प्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले समिति बैठकले मिश्रको नाम अनुमोदन गरेको जानकारी दिनुभयो । प्रधानन्यायाधीशका लागि अनुमोदन भएसँगै अब राष्ट्रपतिले नियुक्त गर्ने बाटो खुलेको छ । आजै […]

    सोमवार, भदौ २५, २०७५
  • भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)

    भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)

    श्रीकृष्ण सुवेदी,काठमाडौं तपाईले कहिल्यै आफैंले आफैंलाई कारबाही गरी पाऊँ भन्दै नियमनकारी निकायमा उजुरी दिनुभएको छ ? अथवा तपाईको गल्ती कसैले औंल्याइदिंदा कारबाही भोग्न तयार हुनुभएको छ ? छैन भने अचम्म नमान्नुस् । यस्तै प्रमाण फेला परेको छ पोखराबाट । पोखरा महानगरपालिका वडा नम्बर ९ का कृष्णप्रसाद देवकोटाले आफैंलाई कारबाही गर्न महानगरपालिकामा निवेदन नै दिएका हुन् […]

    सोमवार, भदौ २५, २०७५
  • फेरि बढ्यो १३५ प्रतिशतसम्म तरकारीको मूल्य

    फेरि बढ्यो १३५ प्रतिशतसम्म तरकारीको मूल्य

    काठमाडाैं – २०७४ भदौ २२ गते सेतो आलु–३५, स्थानीय काउली– ६५, बोडी– ८५, रायोको साग–६५ प्रतिकिलो। २०७५ भदौ २४ गते सेतो आलु–६८, स्थानीय काउली– १२५, बोडी– ८५, रायोको साग–१२५ प्रतिकिलो। यो तथ्यांकले गत वर्षको तुलनामा अहिले तरकारीको मूल्य बढेको देखिन्छ। गत वर्ष भदौ २४ गते कालिमाटी फलफूल तथा तरकारी बजारमा बिक्री भएको तरकारीको खुद्रा मूल्यलाई […]

    सोमवार, भदौ २५, २०७५
  • स्थानीय सरकारका आफ्नै पत्रकार: स्थानीय तहमा पत्रकारलाई जागिर

    स्थानीय सरकारका आफ्नै पत्रकार: स्थानीय तहमा पत्रकारलाई जागिर

    झापाको मेचीनगर नगर कार्यपालिका बैठकले स्थानीय एक पत्रकारलाई मासिक आठ हजार रुपैयाँ तलबसहित नगरपालिकाको प्रेस संयोजक नियुक्त गरेको छ। नगरपालिकाको बजेटबाटै तलब दिनेगरी ती पत्रकारलाई संयोजक नियुक्त गरिएको छ। ती पत्रकारले नगरपालिकामा हाजिर गर्नुपर्नेछ। उनको मुख्य जिम्मेवारी नागरिकको विचार जनप्रतिनिधि र कर्मचारीसम्म पुर्‍याउनु पर्नेछ। ‘पत्रकारलाई स्थानीयस्तरकोसमस्याका विषयमा जानकारी हुने हुँदा काममा सहयोग पुगोस् भनेर जिम्मेवारी […]

    सोमवार, भदौ २५, २०७५